टेलिकमको मोबाइलमा समस्या

टेलिकमको मोबाइलमा समस्या

इटहरी ः गत बुधबार आमाको मुख हेर्ने दिन पूर्वमा नेपाल टेलिकमको सेवा एक्कासी अवरुद्ध बन्यो । मोबाइलदेखि ल्याण्डलाइनमा फोनमा सम्पर्क हुन सकेन । नेपाल टेलिकमको पोष्टपेड नम्बरमा अक्सर यस्तो समस्या देखिने गरेकोमा प्रिपेड र ल्याण्डलाइनसमेत बिहानदेखि अवरुद्ध बनेपछि आफन्तहरुलाई सम्पर्क गर्न खोजेका धेरै सेवाग्राही निराश बने ।

‘एनसेल नम्बर पनि बोकेकोले सजिलो भयो,' इटहरीकी सुशीला कार्कीले भन्नुभयो, ‘नत्र त अलपत्र नै परिने रहेछ ।' टेलिकमको सेवा पटक-पटक अवरुद्ध हुने गरेको कार्कीको अनुभव छ । ‘झन् चाहिएको बेलामा नेटवर्क नलाग्ने, लागे पनि बोल्दा बोल्दै काटिने गर्छ,' वहाँले भन्नुभयो ।

फोन गर्दा गर्दै काटिए सेवाप्रदायकले ग्राहकलाई क्षतीपूर्ती दिनुपर्ने नियम ल्याउने तयारीमा सरकार रहेको बेलामा यसरी नेपाल टेलिकमको सेवामा पटक पटक समस्या देखिएको हो । प्रिपेडभन्दा पोष्टपेड मोबाइलमा यस्तो समस्या धेरै आउने गरेको ग्राहकको अनुभव छ । भर्खरै पोष्टपेड मोबाइल बोक्न थालेका इटहरीका दुर्गा विष्टले भन्नुभयो, ‘टेलिकमको पोष्टपेड अरुभन्दा सहुलियत र सस्तो त छ, तर नेटवर्कमा समस्या देखिइरहन्छ ।'

टेलिकमको नेटवर्कमा समस्या देखिने गरेकै कारण धेरै मानिसहरुले एनसेलको प्रयोग गर्ने गरेका छन् । ‘दुई वटा नेटवर्कको नम्बर बोक्यो भने एउटामा समस्या आउँदा अर्कोबाट सम्पर्क गर्न सकिन्छ,' विष्ट भन्छन् । टेलिकमको नेटवर्कमा समस्या आइरहने भएकैले आफूले एनसेलको सिम बोक्ने गरेको वहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘नेट प्याकमा न त झन् छिटो छिटो पैसा सकिन्छ, एनसेल बोक्न बाध्यता छ ।'

टेलिकमको नेटवर्कमा समस्या आइरहँदा विकल्पमा एनसेलको सिम बोक्ने पूर्वका ग्राहकहरु केही दिनयता एनसेलको रिचार्ज कार्डको अभाव झेलिरहेका छन् । पूर्वका शहरहरुमा एनसेलको रिचार्ज कार्ड अभाव देखिएको छ । डिलरहरुमा रिचार्जकार्ड अभाव हुँदा ब्लाकमा बिक्री हुन थालेको छ ।

एक सय रुपैयाको कार्ड एक सय १० रुपैयासम्म बिक्री हुन थालेको छ । एनसेलको रिचार्ज कार्ड महँगोमा किन्नु परेको उपभोक्ताहरुले बताएका छन् । ‘कार्ड नै पाइँदैन, पाएको ठाउँमा जति भन्यो, त्यती नै हाल्नुपरेको छ,' इटहरीकी सबिता माझीले भन्नुभयो, ‘एक हप्ताभन्दा बढी भयो, रिचार्ज कार्ड भनेको बेलामा नपाएको ।'

साना खुद्रा पसलहरुमा केही केही बाँकी कार्ड भएपनि डिलरहरुमा भने कार्ड अभाव रहेको व्यापारीले बताएका छन् । तर यता व्यापारीहरुले भने एनसेलका डिलरहरुबाटै महंगो मूल्यमा कार्ड खरिद गरेर ल्याउनु परेकोले त्यहीअनुसार दाम लिनु परेको बिक्रेताले दाबी गरेका छन् । ‘डिलरले नै अचेल जति दाम हो, त्यती लिन्छ, त्यसमा हामीले दुई तीन रुपैया थपेर नाफा त खानै पर्‍यो नि,' एक बिक्रेताले भने, ‘नत्र कसरी व्यापार गर्ने ? '
कार्डको अभाव चुलिएपछि एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्याउन तथा बिक्री वितरणका काम भइरहेको जानकारी दिएको थियो ।

तर साताभन्दा लामो समयसम्म पनि कार्डमा समस्या देखिएपछि उपभोक्ताहरु महँगोमा रिचार्ज कार्ड किन्न बाध्य छन् । टेलिकमका ग्राहकहरुले समेत कार्डमा यसैगरी बेलाबेलामा उपभोक्ताहरुलाई झुक्याउने गरी कालोबजारी हुने गरेको बताएका छन् । इटहरीका राजु केसीले टेलिकमको एक सय रुपैयाको रिचार्ज कार्डलाई व्यापारीले १०५ रुपैयासम्म लिने गरेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.