संयुक्त विद्यार्थीको थप आन्दोलनको घोषणा
काठमाडौंः निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले थप आन्दोलनको घोषणा गरेको छन् । बिहीबार नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले सरकारी मापदण्ड भन्दा बढी शुल्क लिने विद्यालयबाट बढी लिएको शुल्क फिर्ता दिन दबाब दिने उद्देश्यले आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको अनेरास्ववियु प्रचार विभाग प्रमुख एवम् प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो ।
शुक्रकार बिहान ११ बजे जिल्ला शिक्षा कार्यलय तथा शिक्षा विभागमा तालाबन्दी गर्ने, वैशाख १७ गते जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारीलाई सार्वजनिक बहिष्कार गर्ने र वैशाख १८ गते सरकारी गाडी चल्न निषेध गर्ने निर्णय भएको शर्माले बताउनुभयो ।