यस्ता छन् २०१७ मा विश्व परिवर्तन गर्ने प्रविधि

यस्ता छन् २०१७ मा विश्व परिवर्तन गर्ने प्रविधि

२१औं शताब्तीमा सूचना र प्रविधिले दिनानुदिन फड्को मारिरहेको छ । सन् २०१७ मा संसारलाई नै परिवर्तन गर्ने प्रविधि विकास भइरहेको फोब्र्स म्यागेजिनले उल्लेख गरेको छ । प्रविधिको पहुँच र प्रयोग व्यापक हुन थालेपछि मानिसको जीवनशैली पनि त्यहीअनुसार चल्न थालेको छ । सूचना, सञ्चार र प्रविधिलाई मानिसले आफ्नो दैनिक जीवनमा उपयोग गरिहेका छन् । तीमध्ये सन् २०१७ मा यी प्रविधिको विकासले संसारलाई परिवर्तन गर्नसक्ने विश्वास गरिएको छ ।

स्मार्ट होम

smart-home

संसारलाई एउटा गाउँजस्तो बनाइदिने काम इन्टरनेटले गरेको छ । सूचना र सञ्चारको काम इन्टरनेटले अहिले निमेषभरमा गरिरहेको छ । मानिस यसलाई अधिकतम उपयोग गरेर स्मार्ट जीवनशैलीमा रमाइरहेका छन् । सन् २०१७ मा इन्टरनेटमा आधारित बजार, व्यवसाय र प्रशासन आउने पक्का छ । यसका साथै मानिसले आफ्नो घरलाई स्मार्ट हब बनाउनेछन् । विश्वका ६० प्रतिशत मानिसले घरमा वायरलेस वाइफाई टेक्नोलोजी जडान गर्नेछन् भने आफ्नै होम सिस्टम राख्ने नियम बसाउने देखिन्छ । अबको युगमा मानिस घरमा बसीबसी इन्टरनेटमा काम खोज्ने छन् ।

एआर र भीआर

AR-VR

मानिसको वास्तविकतालाई प्रत्यक्ष अनुभव गर्ने वास्तविकतामा आधारित प्रविधि (भर्चुअल रियालिटी)को विकास सन् २०१७ मा पूर्ण रूपमा भइसक्ने देखिएको छ । वास्तविकतालाई आभास हुनसक्ने गरी रूपान्तरण गर्ने प्रविधिको प्रयोग यो वर्षमा हुनेछ । यस प्रकारका प्रविधि ओकुलस, भीआर र पोक मेन गेम, हन्ड्रेड मिलियन गेमलगायतका भर्चुअल रियालिटी प्रविधिहरू पूर्ण रूपमा विकसित भइसक्नेछन् ।

मेसिन लर्निङ

मेसिन लर्निङ प्राविधिक रूपमा धेरै अगाडि बढिसकेको छ । यसमा गुगलको सर्च इन्जिन सबभन्दा अगाडि छ । यही प्रकारको प्रविधिले सबैलाई नयाँ कुरा सिक्न र पढ्न सघाउनेछ । मानिसमा प्रविधिसम्बन्धी देखिएको चेतना र प्रयोगमा व्यापकताले पनि मेसिन लर्निङको महत्व बढाएको छ ।

अटोमेसन

automation-(2)

अहिले प्रविधिको बजार अटोमेसनमा बढी आकर्षित छ । एडभान्स टेक्नोलोजीलाई मानिसले बढीभन्दा बढी प्रयोगमा ल्याएर काम गरिरहेका छन् । अटोमेसनबाटै रोबटको काम हुने गरेको छ । त्यसैगरी यसले रोजगारी सिर्जनामा समेत मद्दत गर्दै आएको छ ।

डाटाको सुरक्षा

digital-deta

मानिसले शब्द भण्डारणलाई प्रविधिमा पुर्‍ याएको ६ वर्ष भइसकेको छ । यसलाई थप दस्तावेजीकरण गर्न नयाँ प्रविधिको खाँचो देखिएको छ । यसैलाई ध्यानमा राख्दै मानवनिर्मित प्रविधिको विकासले यो वर्ष उचाइ लिनेछ, जसमा धेरै शब्द अडियो भिडियो डाटालाई स्तरीय अनि सुरक्षित ढंगले राख्न सकिनेछ ।

फिजिकल डिजिटल इन्टिग्रेसन

मोबाइल अहिले हरेकको हातहातमा पुगेको छ । यसले मानिसको जीवन शैलीलाई नै फेरिदिएको छ । स्मार्टफोन र स्मार्टपनको समयमा मानिस सूचनाको झन् नजिक पुगेका छन् । चाहेको सूचना र जानकारी क्षणभरमै प्राप्त गर्ने र मानिसको सन्तुष्टि पूरा गर्ने माध्यम बनेको छ स्मार्टफोन । यसकारण फिजिकल डिजिटल इन्टिग्रेसनमा अमेजन, अनलाइन प्रोडक्ट र म्यापिङ सन् २०१७ मा महत्वपर्ण कदम हुनेछ ।

मोबाइल एप्स

MOBILE_APP

प्रविधि विकासको कुरा गर्दा मोबाइल एप्सको पनि चर्चा हुन्छ । पछिल्लो समय यस्ता एप्सप्रति झनै आकर्षण बढेको छ । जुनसुकै वेबसाइट बनाउँदा पनि अहिले मोबाइल एप्सको माग बढ्दो छ । मानिस मोबाइल एप्समार्फत शिक्षा, स्वास्थ्य खानेपानी, विद्युत् आदिलाई बढीभन्दा बढी उपयोग र सहज बनाउन चाहन्छ । यही कारण मोबाइल एप्स मानिसको दैनिकी परिवर्तन गर्ने माध्यम बनेको छ । यो क्रम सन् २०१७ मा अझ विस्तार र व्यापक हुने देखिन्छ ।  (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.