सेरेनाको सपना च्याम्पियन मम्मी बन्ने

सेरेनाको सपना च्याम्पियन मम्मी बन्ने

एउटी महिलाको लागि आमा बन्नु सौभाग्यको कुरा हुन्छ । विश्वमा आमाको भूमिका मन नपराउने महिला विरलै होलान् । सफलता र लोकप्रियताको जुनसुकै उचाइ चुमे हरेक महिला आमाको भूमिका निर्वाह गर्दै एउटा सुन्दर र असल परिवार बनाउने चाहना राख्छन् । फरक यति हो कोही आमा बन्दा आफ्नै घेरामा सीमित हुन्छन् भने सेलिब्रेटीहरूको चर्चा संसारभर हुन्छ । उनीहरूले चाहे पनि नचाहे पनि फ्यानहरूले पछ्याइरहन्छ । विश्वभरका फ्यानहरूले त्यसरी नै पछ्याइरहेका छन् टेनिस सुन्दरी सेरेना विलियम्सलाई । किनकि उनी अहिले आमा बन्ने तयारीमा छिन् ।

केही महिना यतादेखि प्रायः सार्वजनिक कार्यक्रममा टेनिस कोर्टमा खासै देखा नपरेकी सेरेनाले अप्रिल १९ तारेखका दिन स्न्यापच्याट र इन्टाग्राममा एउटा फोटो पोस्ट गरिन् । बढेको पेट (बेबी बम्प) देखाइएको सो फोटोको क्याप्सनमा उनले उल्लेख गरेकी छन्, '२० हप्ता' । यो फोटो सार्वजनिक भएपछि उनको चर्चाको पारो उक्लियो । तर फोटो पोस्ट गरेको केही समयमै उनले मेटाएकी थिइन् । सेरेनाले फोटो मेटाउनुअघि नै सो फोटो र उनी गर्भवती भएको खबर भाइरल बनिसकेको थियो ।

गत जनवरीमा आफ्नै दिदी भेनस विलियम्सलाई पराजित गर्दै अस्ट्रेलियन ओपन जितेर उनी सातौं पटक उक्त टुर्नामेन्टको विजेता बनेकी हुन् । यो जितसँग उनी संसारको सबभन्दा शक्तिशाली महिला खेलाडीको रूपमा उदाइन् । ३५ वर्षीया सेरेना व्यवसायी एवं अमेरिकाको वेस्ट सेलिङ अथर ३३ वर्षीय फिएर एलेक्सिस ओहानिनसँग १६ महिनादेखि डेटिङमा थिइन् । सेरेना र फिएरले गत डिसेम्बरमा इन्गेजमेन्ट गरेका थिए । उनीहरूको पहिलो भेट रोममा भएको बताइएको छ ।

सेरेनाले आफू आमा बन्न लागेकोमा निकै खुसी लागेको 'द एसोसिएट प्रेस' लाई बताएकी छन् । उनको बेबी बम्पसहितको फोटो एवं समाचार 'द मिरर' ले पनि प्रकाशित गरिसकेको छ । आमा बनेपछि अर्को वर्ष पुनः टेनिसमा फर्कने आशा व्यक्त गरेकी छन् । 'फेरि एउटा उत्कृष्ट च्याम्पियन मम्मी बन्न चाहन्छु', उनले भनेकी छन् । सेरेना अहिले बिदामा रही आराम गरिरहेकी छन् ।

विश्व टेनिस इतिहासमा सेरेना सबभन्दा शक्तिशाली खेलाडी मानिएकी छन् । सेरेनाले जति लामो समय खेल्ने र सफलता पाउने अन्य महिला टेनिस खेलाडी देखिएका छैनन् । सेरेनाका पति फिएर एलेक्सिस ओहानिनले व्यवस्थापन र इतिहासमा भर्जिनिया विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनी अमेरिकाका सफल व्यवसायी र सेलिब्रेटी लेखक हुन् । फिएरकी आमा भने जर्मन नागरिक हुन् । फिएरले पनि आफूहरू अभिभावक बन्न लागेकोमा असीमित खुसी भएको प्रतिक्रिया दिएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.