र्याम्प वकबाट सन्तुष्ट प्रियारानी
सन् २००८ मा 'मिस टिन धरान' आयोजना हुने भयो । प्रतियोगीताका लागि प्रियारानी लामाले आबेदन फारम भरिन् । जीवनमा पहिलो पटक सहभागी हुन लागेको प्रतियोगीताका लागि उनी यति उत्साहित थिइन् कि अन्तिम प्रतिष्र्धाको पखाईमा थिइन उनी । तर दुभाग्य, प्रतियोगीता स्थगीत भयो । उनी निरास भइन् । तर त्यही मौकामा धरानमा आयोजित एक फेसन सोमार्याम्प नाप्ने मौका पाइन ।
त्यसपछि उनको मोडलिङ यात्रा आरम्भ भयो ।धरानमा आयोजित मिस पुर्वाञ्जल २०१० मा सहभागी भई फस्ट रनरअपको उपाधि पाएकी उनी सन २०११ देखी सो प्रतियागीताको अफिसियल कोरियोग्राफरका रुपमा काम गर्दै आएकी छन् । मिस नेपाल २०१० मा भाग लिई मिस ब्युटिफुल कम्प्लेक्सनको उपाधि पाएपछि प्रियारानीको मोडलिङ यात्राले अझ उचाई हासिल गर्यो । अहिलेसम्म दर्जनौंर्याम्मा हिडी सकेकी उनी सफल मोडल मानिन्छिन ।र्याम्पसँगै म्युजिक भिडियोमा समेत सक्रिय उनले नविन के भट्टराईको तिम्रो मायाले, रोशन बालुवाका तिमी विना, आङनिमा सेर्पाको मायामा कतै, आकाक्षा बस्यालको म पागल छुलगायत डेढ दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन ।
प
छिल्लो समयर्याम्प एवं भिडियो मोडलिङभन्दा भीजे, एमसी र कोरियोग्राफीलाई बढी समय दिन थालेकी छन । 'अहिले मर्याम्पमा थोरैमात्रै हिड्छु । राम्रो फेसन सोमा कि सो ओपनर्स वा सो स्टपर्सका रुपमा अफर आयो भने गर्छु', प्रियारानी भन्छिन, 'अहिलेसम्म मैले टीजीआइएफ नेपाल फेसन विकसहित दर्जनौंर्याम्प नापिसकेकी छु । पछिल्लो समय टेलिभिजन प्रिजेन्टरका रुपमा बढी समय दिइरहेकाले अलि विचार पु र्याउनु पर्छ ।'
मोडलिङ क्षेत्रमा लागेर आफुले पाएको सफलताबाट उनी सन्तुष्ट छिन । 'नेपालमा अझै पनि मोडलिङ सफल करियरको आधार क्षेत्र त बन्न सकेको छैन तर मैले जति मौका र नाम पाएँ त्यसबाट सन्तुष्ट छु', उनले भनिन् । पछिल्लो समय उनी एनटीभी प्लसबाट प्रसारिस 'लेट मि डान्स सिजन २'को होस्ट गर्दैछिन् । सिरहा गोलबजारकी प्रियारानी पाँच फिट ६ इन्च अग्लि छिन् । पुर्वको फेसन नगरीका रुपमा चिनिने धरानमा लामो समय विताएकी उनी त्यहाँको जीवनशैली र रहनसहनबाट मोडलिङतिर आकर्षित भएकी हुन् ।