आज सर्वदलीय बैठक, के होला निर्णय ?

आज सर्वदलीय बैठक, के होला निर्णय ?

काठमाडौंः आज तीन बजे सर्वदलीय बैठक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँगको संयुक्त बैठक बोलउनुभएको हो ।

बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार खासगरी प्रतिपक्ष दल र मधेसी मोर्चासँग संयुक्त बैठक बसोर निचोडमा पुग्न बैठक बोलाइएको हो । बैठकमा दुई चरणको निर्वाचन, संविधान संसोधान प्रस्तावलगायतमा साझा धारणा बनाउने उद्देश्यले  सर्वदलीय बैठक डाकिएको हो ।

बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दल सहभागी हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.