देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

काठमाडौंः निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनले शुक्रबार देशभरका जिल्ला शिक्षाा कार्यालयमा तालबान्दी गर्ने निर्णय अनुरुप तालाबन्दी गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दियालगायतका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी भइसकेको र अन्य जिल्लामा पनि तालाबन्दी हुने क्रम जारी रहेको अनेरास्ववियु प्रचार विभाग प्रमुख एवम् प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो ।

सरकारी मापदण्ड भन्दा बढी शुल्क लिने विद्यालयबाट बढी लिएको शुल्क फिर्ता दिन दबाब दिने उद्देश्यले आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको उहाँको भनाई छ । त्यस्तै संयुक्त विद्यार्थी संगठनले वैशाख १७ गते जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारीलाई सार्वजनिक बहिष्कार गर्ने र वैशाख १८ गते सरकारी गाडी चल्न निषेध गर्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो ।

 Image may contain: 2 people, people sitting

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.