ट्रम्पले किन गरे चीनको प्रशंसा ?
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिङ पीङको प्रशंसा गर्नु भएको छ। उत्तर कोरियालाई राम्रोसँग ह्याण्डलिङ गरेको भन्दै ट्रम्पले सीलाई टेलिफोन गरेर देशलाई माया गर्ने राम्रो मान्छे दर्जामा प्रशंसा गर्नु भएको हो।
रोयटर्सका अनुसार ट्रम्पले संकटको घडीमा सी कुशल कुटनीतिमार्फत् सहायता गरेको भन्दै द्वन्द्व समाधान सम्भव रहेको बताइएको छ।
उहाँले भन्नु भएको छ, ‘उत्तर कोरियालाई अमेरिकासँग यो कलिलै उमेरमा पञ्जा लिनु निक्कै कठिन छ।’ संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले शुक्रबार उत्तर कोरियासँग मिटिङ राखेको छ।
अमेरिकी विदेश मन्त्री रेक्स टेलर्सनले चीनले उत्तर कोरियाको न्यूक्लियर परीक्षणमा रोक लगाउन दबाब दिनु पर्ने बताउनुभयो। उहाँले चीन उत्तर कोरियालाई न्यूक्लियर परीक्षण रोक्नु कम भूमिका खेलेकाले अबका दिनमा साक्षरता अभसयान मार्फत नै लाग्नु पर्ने बताउनुभयो।
यद्यपी ट्रम्पले अन्तर्वार्तामा चीनले उत्तर कोरियालाई साँचिक्कै भने मृत्युतर्फ लैजान तयार नरहेको बताउनुभयो। उहाँले सीलाई धेरै उत्कृष्ट र राम्रो मानिस भन्दै यसको लागि चिनियाँ जनता सँग आउन र केही नयाँ काम गर्न सक्ने तर तत्काल सम्भव नभएको बताउनुभयो।
यस्तै किम जोङ उनको बारेमा भने ट्रम्पले उहाँको बुवा जस्तै तानाशाह रहेको टिप्पणी गर्नुभयो। तर उहाँले उत्तरको गतिविधिले तनाव सिर्जना गर्ने खालका भएको भन्दै आलोचना गरेका छन्।उत्तरले अमेरिका विरुद्ध मिसाइलहरु एकपछि अर्को परीक्षण गर्दै आइरहेको छ।