५५ दिन बेपत्ता युवाले ग्रान्डीमा मनाए २२औं जन्मदिन
काठमाडौं : ५५ दिन बेपत्ता हुँदा आफ्नी प्रेमिका गुमाएका ताइवानी युवा लाइङ सिंङ युनले शुक्रबार अस्पतालमा २२ औं जन्म दिन मनाएका छन्। खुसी साट्नकै लागि उनको जन्मदिन ग्रान्डी अस्पतालले शुक्रबार अपराह्न ३ बजे केक काटेर विषेश कार्यक्रमसहित मनाएको ग्राण्डी अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले जानकारी दिनुभयो।
जन्म दिन मनाउन ताइवनबाट उनको परिवारका सदस्य आएका थिए। लियाङ र लिउ चेन चुन ताइवानको नेशनल दङ हवा विश्वविद्यालयका विद्यार्थी हुन्। उनीहरू गत फेव्रुअरीमा भारत हुँदै नेपाल प्रवेश गरेका थिए। गत मार्च १० मा पहिले नै तय गरिएको समयमा परिवारलाई फोन सम्पर्क नगरेपछि ती दुईका परिवारजन चिन्तित भएका थिए। वेपत्ता भएको ठानेर उनीहरूले खोजीका लागि हारगुहार गरेका थिए।
धादिङबाट घत्लाङ गाउँतर्फ चढ्दै गर्दा हिउँको चिप्लो बाटोमा ती दुई पदयात्री चिप्लिएर ओढारमा खसेका थिए।
तस्बिरहरु: सरोज बैजु