बाँकेको होलियामा आगलागी हुँदा ५० बढी घरमा क्षति

बाँकेको होलियामा आगलागी हुँदा ५० बढी घरमा क्षति

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका- १ छिटनपुरुवा (साविक होलिया ४, ५ र ६) मा आगलागीबाट ५० बढी घरमा क्षति पुगेको छ। शुक्रबार दिउँसो ४ बजे सुरु भएको आगलागीबाट ३ चौपाया मरेका छन्। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जानकारी दिए।

बाटो खराब भएका कारण दमकल जान नसक्दा आगो नियन्त्रणमा आउन केही ढिलाई भएको उहाँको भनाइ छ। ‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको छ,’ प्रहरी निरीक्षक थापाले भन्नुभयो।

फुसका घरका भएका कारण धेरै घर जलेर ध्वस्त भएका छन्। घरमा भएको अन्नपात समेत सबै डढेर नष्ट भएको छ। बाढीपीडित छिटनपुरुवाबासीलाई अगलागीले थप पीडा दिएको छ । बर्षायाममा प्रत्येक बर्ष गाउँ डुबानमा पर्ने गरेको छ।

आगलागीको क्षति विवरण भने आइनसकेको प्रहरी निरीक्षक थापाले बताउनु भयो। गत वैशाख १० गते राति भएको होलिया-१ कुडुवामा भएको आगलानीमा एकघरका ३ जना बालबालिकाको मृत्यु भएको थियो । १० घर आगलानीबाट ध्वस्त भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.