मेरो वर्षः म स्वस्थ...' अभियान वैशाख २१ गते देशव्यापी

मेरो वर्षः म स्वस्थ...' अभियान वैशाख २१ गते देशव्यापी

काठमाडौँ: 'मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ' राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ । विसं २०७४ 'मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ' अभियानका रुपमा मनाउने घोषणा गर्दै वैशाख १ गते प्रधानमन्त्रीले दशरथ रङ्गशालाबाट यसको शुभारम्भ गर्नुभएको थियो।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने योजनानुरुप जिल्लालाई परिपत्र गरिएको सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो।

नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्य प्रतिकूल पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचान गरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ।

ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ। अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न “म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु” भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ। कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.