उत्तर कोरियासँग ४५ लाख सैनिक !

उत्तर कोरियासँग ४५ लाख सैनिक !

एजेन्सी: के तपाईलाई थाहा छ उत्तर कोरियाँसग कत्ति सैन्य शक्ति छ? यहाँका करिब एक तिहाई नागरिकहरु सैन्य प्रशासनमा सरिक भएका छन्।


सैन्‍य बल
उत्तर कोरियासँग करीब ७ लाख सक्रिय सेना रहेका छन् भने करीब ४५ लाख सैनिक छन्। उत्तरका सबै पुरुषलाई कुनै न कुनै प्रकारको सैन्‍य तालिम अनिवार्य लिनु पर्दछ। किनकी कुनै पनि बेला सेनामा भर्ति हुनु पर्ने समय आउँदा उसले योग्य हुनु पर्ने हुन्छ।

हतियार
उत्तर कोरिया धेरै शस्त्रले परिपूर्ण रहेको छ। उत्तरसँग ७० वटा पनडुबी, ४ हजार २ सय ट्यांक, ४ सय ५८ वटा फाइटर जेट रहेका छन्। यसका साथै उत्तर कोरियासँग ५ सय ७२ लडाकू विमान रहेको छ। उत्तर कोरियाका शासक किम जोङ उनले सधै आफ्नो रणनीति दक्षिण कोरिया र अमेरिकाविरुद्ध तयार रहने खालको आदेश दिने गर्दछ।

शक्तिप्रदर्शन
उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रत्येक वर्ष एक सैन्य कमाण्डको परेड आयोजना गर्ने गरिन्छ जसमा सैनिक तथा आम जनताको उत्साहपूर्ण सहभागिता हुन्छ। उक्त परेडमा उत्तर कोरियाले सबै प्रकारका सैन्य शक्तिको प्रदर्शन गर्ने गर्दछ। भव्य सभामा साधारणतया: किम जोङ उन वा उनको पार्टीका कुनै सदस्‍यले एनिभर्सरीमा आयोजना गर्ने गरिन्छ।

शक्ति प्रदर्शनमा अर्न्तराष्ट्रिय दबाब
उत्तर कोरियाले सधै अन्तराष्ट्रिय दबाबको बीच पनि आफ्नो हतियार र शक्तिलाई प्रदर्शन गर्दै आएका छन्। उसको यस्तो क्रियाकलापले विश्‍वका सबै शक्ति राष्ट्रहरुले विरोध गर्दै आएका छन्। उत्तर कोरिया ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु परीक्षण गरिसकेका छन्। उत्तर कोरियाले सबै परीक्षणहरु रकेटकै माध्‍यमबाट गरिरहेका छन।

अमेरिका लगायत शक्तिशाली राष्ट्रसँग दुष्मनी
उत्तर कोरियाको दुष्मनी विश्‍वकै शक्तिशाली देश अमेरिकासँग रहेको छ। उत्तरले अमेरिकालाई ध्वस्त पारिदिने चेतावनी पटक पटक दिँदै आएका छन्।
यही कारण उसले आफ्नो छिमेकी राष्ट्र दक्षिण कोरिया र जापानलाई समेत कट्टर दुष्मन मानेको छ। उसले सधै जापान र दक्षिण कोरिया आफूविरुद्ध अमेरिकालाई सघाइ रहेको सोच्‍ने गर्दछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.