नेपालको समृद्धिका लागि कांग्रेसको विकल्प छैन : गगन थापा

नेपालको समृद्धिका लागि कांग्रेसको विकल्प छैन :  गगन थापा

भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री गगन थापाले मुलुकको समृद्धिका लागि कांग्रेसको विकल्प नभएको बताउनु भएको छ।

नेपाली कांग्रेस चाँगुनारायण नगरइकाइ समन्वय समितिले शनिबार सरस्वतीस्थान दुवाकोटमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै थापाले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि कांग्रेसको विकल्प छैन ।’

‘कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा मात्र आर्थिक वृद्धिदर उच्च रहेको तथ्याङ्कले स्पष्ट पारेकाले मुलुकको समृद्धिका लागि कांग्रेसको विकल्प नभएको कुरा जनतालाई पनि प्रष्ट थाहा छ’, मन्त्री थापाले भन्नुभयो।

पछिल्ला २५ वर्षको उपलब्धिलाई कांग्रेसले घोषणापत्रमा लिपिबद्ध गरेको र स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएमा आगामी १० वर्षमा नेपाललाई समृद्ध मुलुक बनाउने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


मन्त्री थापाले संविधान कार्यान्वयनलाई सहज बनाउन तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्ष नेकपा (एमाले) र मधेसवादी दलको समर्थनमा पारित हुने विश्वास व्यक्त गर्दै उहाँले एमालेसँग सहमति गरेर सरकार तोकिएको मितिमा निर्वाचन गराउन लागिपरेको बताउनुभयो ।

‘सरकार निरन्तर मधेसवादी र एमालेसँग छलफलमा जुटेको छ । एक÷दुई दिनभित्रै सहमति भई निर्वाचन हुन्छ,’ उहाँले भन्नुभयो । रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.