सगरमाथाको आधार शिविरमा शव भेटियो
सोलुखुम्बु : सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ।
सगरमाथा आरोहीका एक सहयोगीले शनिबार पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो।
बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो।
सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ। सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ। रासस