अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनको छनोट प्रतियोगिता आजदेखि

अन्नपूर्ण  इन्टरनेसनल ब्याडमिन्टनको छनोट प्रतियोगिता आजदेखि

नेपालगन्ज : अन्नपूर्ण पोस्ट्ले सञ्चालन गरेको अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको मध्यपश्चिमस्तरीय छनोट आजदेखि नेपालगन्जमा सुरु हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको अन्नपूर्ण पोस्ट्का मध्य तथा सुदूरपश्चिम क्षेत्रीय इन्चार्ज प्रेम केसीले जानकारी दिएका छन् ।मध्यपश्चिमका १५ जिल्लाबाट एक सयभन्दा बढी खेलाडीले यो प्रतियोगितामा आवेदन दिएका छन् । खेलाडी, अम्पाएर तथा प्राविधिक टोलीहरू सबै नेपालगन्ज आइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले आज बिहान नेपालगन्ज रंगशालामा प्रतियोगिता उद्घाटन गर्नेछन् । यसअघि धनगढीमा सूदूरपश्चिमाञ्चलस्तरीय छनोट प्रतियोगिता भइसकेको छ । त्यस्तै आजैदेखि बुटबलमा पश्चिमाञ्चलको, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म र पूर्वाञ्चलको इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म क्षेत्रीय प्रतियोगिता सञ्चालन हुनेछन् । क्षेत्रीयस्तरको प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा आयोजना हुने 'अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता'मा सहभागिता जनाउने अवसर पाउनेछन् ।

नेपाल ब्याडमिन्टन संघको सहकार्यमा काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुलासँगै कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिनेछ । काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न देशका चर्चित खेलाडीको समेत सहभागिता रहनेछ ।
अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं बाहिरबाट छनोट भई आउने खेलाडीका लागि यातायातको समेत व्यवस्था गरिएको छ । देशभर छरिएर रहेका ब्याडमिन्टन खेलाडीको प्रतिभा उजागर गर्न यसपल्टदेखि देशव्यापी रूपमा छनोट खेल प्रतियोगिता सुरु गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.