जगदम्बा स्टिल्सद्वारा टेक्निकल मिट

जगदम्बा स्टिल्सद्वारा टेक्निकल मिट

काठमाडौं : शंकर गु्रपअन्तर्गतको भगिनी कम्पनी जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटीसहितको एफई ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डन्डीको उत्पादन थालेको छ । उक्त एफई ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराहीमा टेक्निकल मिटको आयोजना गरेको हो ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले राइनो ५०० डी नेपालमा भएको फलामे डन्डीभन्दा भिन्न र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समि श्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पलब्ध छडभन्दा विशेष र पृथक रहेको बताउनुभयो ।

ग्रेड एफर्ई ५०० डीमा कम्पनीले सल्फर र फसफोरसको समि श्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उहाँले बताउनुभयो । कम्पनीका अनुसार उच्च डक्टिलिटी÷लचकता र शक्तिसहितको राइनो ५००डी उच्च भूकम्पीय जोखिम भएको हाम्रोजस्तो देशका लागि अति उपयुक्त छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.