रारा क्षेत्रको विकासका लागि पूर्वाधारमा जोड

रारा क्षेत्रको विकासका लागि पूर्वाधारमा जोड

मुगु : राराताल क्षेत्रमा पर्यटन विकास गर्न फराकिलो सडक र व्यवस्थित विमानस्थल निमार्ण गर्न स्थानीयले माग गरेका छन् । जोखिमयुक्त साँगुरो सडक विस्तार गरी दुईतर्फी बनाउन र पूर्वबाट पश्चिमा भएर मात्र उडान हुने मुगु जिल्लाको रारा ताल नजिकै रहेको एकतर्फी ताल्चा विमानस्थललाई दुईतर्फी उडान हुन सक्ने गरी विकास गर्न स्थानीयले माग गरेका हुन् ।

रारा तालको पर्यटन विकास हुँदा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु लगायत जिल्लाले प्रत्यक्ष रूपमा फाइदा लिन सक्ने भएकाले सरकार र निजी क्षेत्रले यस क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने स्थानीय पर्यटन व्यवसायी राजु कार्कीले बताउनुभयो । रारा ताललाई केन्द्र बनाएर मानसरोवर, खप्तड, सेफेक्सुण्डो तालसम्म पर्यटक पुर्‍याउन सकिने र यसले प्रदेश नम्बर ६ र ७ को पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि यस क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने रारा ताल किनारस्थित भिलेज हेरिटेज रिसोर्टका सञ्चालनसमेत गरेका पर्यटन व्यवसायी कार्कीले सुनाउनुभयो ।

रारा ताललाई फेवातालसँग जोडेर यस क्षेत्रको पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जाउँ है रारा नाराका साथ मुगु जिल्लाको रारा क्षेत्रको अध्ययन भ्रमणमा पुगेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स (नाटा) पश्चिमाञ्चल पोखराको टोलीले बताएको छ । सुन्दर शान्त रारा ताल, यहाँ पाइने प्राकृतिक विविधता, वनस्पती र वन्यजन्तुको अवलोकनका लागि पनि रारा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने नाटा पश्मिाञ्चल पोखराका अध्यक्ष डिल्लीप्रसाद गौतमले बताउनुभयो ।

पोखरा आएका आन्तरिक पर्यटक र पोखरा घुम्न आउने विदेशी पर्यटकले समेट रारा तालको भ्रमण गर्न पछिल्लो समयमा रुचि देखाएकाले रारा ताल क्षेत्रको पर्यटन विकासको सम्भावना प्रशस्त रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सुनाउनुभयो । नेपालीको घुम्ने संस्कृत बढेकाले पछिल्लो समय मुगुको रारा ताल भ्रमणमा आन्तरिक पर्यटक बढी मात्रमा जाने गरेको नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले जानकारी दिनुभयो ।

रारा तालको संरक्षण पहिलो प्राथामिकता रहेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले बताउनुभयो । यहाँको जैविक विविधता र तालको संरक्षण गरे मात्र पर्यटनको विकास हुने भएकाले निकुञ्जले पहिलो प्राथामिकता संरक्षणमा दिएको उहाँले बताउनु भयो । समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल ५ किलो मिटर लम्बाई, ३ किलो मिटर चौडाई र सय ६७ मिटर गहिरो छ ।

रारा तालको पर्यटन विकासँगै रोजगारीका अवससमेत बढ्ने भएकाले यस क्षेत्रको पर्यटन विकासका गर्न प्राकृतिक स्रोत साधनको समेत संरक्षण गर्नुपर्ने रारा तालको अवलोकनपछि आयोजित अन्त क्रिया कार्यक्रममाक नाटा पोखराका प्रथम उपाध्यक्ष हर्क गुरुङले सुझाउनुभयो । दुई वर्षदेखि रारा ताल क्षेत्रमा पर्यटकको आगमन बढेको स्थानीय होटेल व्यवसायी दीपेन्द्र बम ठकुरीले बताए । प्रतिदिन सिजनमा यस क्षेत्रमा तीन सयसम्म पर्यटक आउने गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज भित्र दुई होटेल र ताल्चा विमानस्थल क्षेत्रमा पाँचवटा होटेल रहेको पर्यटन व्यवयसायी कार्कीैले जानकारी दिनुभयो । रारा तालको अवलोकन गर्न २०७१ र २०७२ सम्म ३५ सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको उहाँले बताउनुभयो । २०७३ मा रारा तालको भ्रमण गर्ने पर्यटक बढेर करिब ११ हजारको हाराहारीमा पुगेको रारा ताल किनारमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक समेत रहनु भएका कार्कीले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटक ९५ प्रतिशत र विदेशी ५ प्रतिशत पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका हुन् । २०७३ को दसैंतिहार बिदाको दुई महिना मात्र पाँच हजार पर्यटकले रारा तालको अवलोकन गरेको उहाँले बताउनुभयो । यस बर्षको सुरुको महिनामा पनि पर्यटक उल्लेख्य रूपमा बढेको उहाँले सुनाउनुभयो । पछिल्लो समयमा रारा ताल जाने पर्यटक बढ्दै गएको सुर्खेतका पर्यटन व्यवसायी समुन्द्र गौतमले बताउनुभयो । रिसर्च र घुम्नका लागि लखनउलगायत विभिन्न क्षेत्रबाट भारतीय पर्यटक पनि रारा तालको भ्रमणमा जाने गरेको उहाँले बताउनुभयो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.