रुपन्देहीलाई लोडसेडिङ मुक्त गर्न माग

रुपन्देहीलाई लोडसेडिङ मुक्त गर्न माग

बुटवल : रूपन्देहीलाई लोडसेडिङ मुक्त घोषणा गर्न व्यवसायीले माग गरेका छन् । काठमाडौं पूर्णरूपमा लोडसेडिङमुक्त हुँदासमेत रूपन्देहीमा विद्युत् आपूर्ति सुध्रिन नसकेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । मन्त्रालयको सिंगो टोली लिएर रूपन्देही आएका ऊर्जामन्त्री जनार्दन शर्मासमक्ष उनीहरूले यस्तो माग गरेका हुन्।सिद्धार्थनगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रूपन्देही, बुटवल उद्योग व्यापार संगठन, भिजन लुम्बिनीले सम्मानपत्रसहित ऊर्जामन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङलाई सम्मान गरे ।

कार्यक्रममा ऊर्जामन्त्री शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन हुने भन्दै ऊर्जाको विकासले आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न बताउनुभयो । ‘ऊर्जाकै व्यवस्था भएकाले हालसम्मकै सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्न सकिएको छ', उहाले भन्नुभयो ।

ऊर्जा क्षेत्रको सुधारका लागि पर्याप्त काम भइरहेको भन्दै उहाँले तीन वर्ष भित्र मुलुकलाई ग्यास सिलिन्डरमुक्त गर्ने दाबी गर्नुभयो । ग्यासको सट्टामा ऊर्जाको प्रयोग बढाउने योजना रहेको उहाँले बताउनुभयो । एक वर्ष भित्र उज्यालो नेपाल बनाउन आफूले दिनरात नभनी काम गरिरहेको बताउँदै त्यसमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । सरकारले आठ हजार मेगावाट र निजी क्षेत्रबाट नौ हजार विद्युत् सात वर्षभित्र उत्पादन गर्ने लक्ष्य रहेकाले विद्युत्मा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

अहिले भारतबाट ल्याइएको विद्युत् कम भोल्टेजको आउँदा भैरहवालगायत देशका केही ठाउँमा समस्या आइरहेको उल्लेखगर्दै शर्माले अबको केही समयमै नेपाल आफैंले गुणात्मक विद्युत् उत्पादन गरी आफ्नो उत्पादनको आफंै सदुपयोग गर्ने बताउनुभयो । ‘अब फेरि समस्या नहुने प्रकारको प्रविधिको विकास भइरहेको छ', उहाले भन्नुभयो, ‘गण्डक पावर हाउस, कालीगण्डकी पावर हाउस सुधारको काम हुनासाथ यहा विद्युत् आपूर्ति हुन्छ ।'

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले देशलार्ई लोडसेडिङमुक्त बनाउने अभियान अन्तर्गत काठमाडौं पूर्णरूपमा लोडसेडिङ मुक्त भएको र अब विस्तारै बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजनाअनुसार प्राधिकरणले काम गरिरहेको बताउनुभयो । घिसिङले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै अब छिट्टै देश लोडसेडिङमुक्त हुने दाबी गर्नुभयो ।

कार्यक्रममा व्यवसायीले भैरहवा क्षेत्रको ऊर्जा समस्या समाधानसहित, निर्माणाधीन गौतमबुद्ध विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनीको पर्यटकीय प्रवद्र्धन, मोतिपुर औद्योगीक क्षेत्रको लागि चाहिने विद्युत् उपलब्ध गराउने बुटवल-लुम्बिनी १३२ के.भी प्रसारणलाइन परियोजनाको सीघ्र सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । आयोजनाको इन्जिनियर हरिप्रसाद पाण्डेले मन्त्रालयको टोलीलाई आयोजना निर्माणमा सडक विभाग र स्थानीय स्तरबाट केही अवरोध सिर्जना भएको जानकारी गराउनुभयो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.