इलाममा आन्तरिक पर्यटक बढे

इलाममा आन्तरिक पर्यटक बढे

इलाम : इलामका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको संख्या बढेको छ । देशका विभिन्न स्थानबाट इलाम प्रवेश गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा निकै बढेको इलाम र झापाको सीमानामा रहेको पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार साउन महिनायता विभिन्न जिल्लाबाट इलामका पर्यटकीय स्थलको भ्रमणका लागि ६३ हजार पाँच सय ६४ पर्यटक आएका छन् । जिल्ला समन्वय समिति र पर्यटन प्रर्वद्धन सरोकार समितिले इलाम–झापा सीमा क्षेत्रमा स्थापना गरेको सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार यस अवधिमा एक सय ४८ जना विदेशी पर्यटकले इलामको भ्रमण गरेका छन् ।

 

सिजनमा दुई अठार सय जनासम्म पर्यटक इलाम भित्रने गरेको घिमिरेले जानकारी दिनुभयो । तराई र पहाड सबै तिरका पर्यटकको साझा गन्तव्य बन्नथालेको इलाममा विद्यार्थी, अनुसन्धान कर्ता र विदा मनाउन आउने गरेको पर्यटन प्रर्वद्धन सरोकार समिति इलामका अध्यक्ष विजय राई बताउनुहुन्छ ।घिमिरेका अनुसार पर्यटकले इलामको उत्पादन, पर्यटकीय क्षेत्रका बारेमा गहिरो चासो राख्ने गरेको बताउनुभयो । धेरै पर्यटक फिक्कल पुगेर दार्जिलिङ जाने गरेका छन् । इलामको कन्याम, फिक्कल, करफोक, इलामबजार, श्रीअन्तु, माइपोखरी, गजुरमुखी, ऐतिहासिक चिया बगान घुम्न आउनेको घुइचो पनि बढ्दै गएको घिमिरेको भनाइ छ । दार्जिलिङ पुगेर फर्केका पर्यटकल भने त्यहाँका १० पर्यटकीय स्थलले कन्याम, अन्तु वा माइपोखरीको जतिपनी मन खिच्न नसकेको बताउने गरेको घिमिरेले बताउनुभयो ।

खुला ठाउँमा चुरोट खान नपाइने, प्लास्टिकका झोला बोक्न नपाइने, सडक नजिक सुगुरका खोर बनाउन नपाइने, सडकबाट देखिने स्थानमा कपडा सुकाउन नपाइने लगायतका अभ्यासले पनि इलाम आउन चाहने धेरैलाई सदरमुकामसम्म तान्ने गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहा बताउनुहुन्छ । इलाममा स्याङ्जा, नवलपरासी, धादिङ, पाल्पा, गोर्खा, काठमाडौं, पोखरासहितका जिल्लाबाट पर्यटक आइरहेको सूचना केन्द्रले जनाएको छ ।

कन्याममा फोहोर

दैनिक सयौं आन्तरिक पर्यटक भेला हुने कन्याममा फोहोरको समस्या बढ्दै गएको छ । बनभोजपछि पर्यटकले प्लास्टिक, सिसा र बढी भएको खानेकुरा चिया बगानमै छोड्ने गरेका कारण समस्या बढ्दै गएको हो ।सूर्योदय नगरपालिकाका मोहनदोर्जे कागतेका अनुसार कन्याममा दैनिक फोहोर र सिसाका टुक्रा समस्या बन्दै गएको छ । बगानमा वियरका बोतल फुटाउने, चियाका बोटमा फाल्ने गरेको कारण फोहोर बढेको कागतेले बताउनुभयो ।

संघाइ समूहले ५० वर्षका लागि ठेक्कामा लिएको कन्याम चिया बगानका प्रबन्धक रजनीस मुदालियारका अनुसार पर्यटकले फालेका सिसाजन्य फोहोरका कारण बगानमा काम गर्ने मजदुरलाई चोटपटक लाग्ने गरेको छ ।

सुर्योदय नगरपालिकाको फोहोर व्यवस्थापनका लागि काम गरिरहेको सूर्योदय नगरपालिका एकीकृत फोहोर मैला व्यवस्थापन परियोजनाका परियोजना व्यवस्थापक आकाश श्रेष्ठका अनुसार फोहोर व्यवस्थापनका लागि डस्टविनको व्यवस्था गरे पनि पर्यटकले त्यसमा फोहोर फाल्नको साटो चिया गानमा फाल्ने गरेको कारण कन्याममा फोहोरको समस्या जटिल बन्दै गएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.