सुडान घोटाला फैसला आज हुँदै
काठमाडौंः सर्वोच्च अदालतले सुडान घोटालाको फैसला आज गर्ने भएको छ । सर्वाेच्चमा दर्ता भएको ५ बर्षपछि आज फैसला हुन लागेको हो । सुडान घोटालाको प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गर्न लागेको हो ।
उक्त घोटालामा नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसमेत छुछिएका छन् । त्यस्तै २३ बहालवाला र ११ अवकासप्राप्त प्रहरीसमेत संलग्न रहेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी एस्योर्ड रिस्कबिरुद्ध मुद्दा दायर गरेको थियो ।अख्तियारले सुडानमा कार्यरत नेपाल प्रहरीका फम्रड पुलिस युनिट एफपीयूका लागि चाहिने आम्रड पर्सनल क्यारियर एपीसी खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दाबीसहित मुद्वा दायर गरेको थियो ।