गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले केही बेरअघि राजीनामा दिनुभएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको केही बेरमै गृहमन्त्रीले राजीनामा दिनुभएको हो।
गृहमन्त्रीका निजी सचिव विश्वास विक्रमका अनुसार गृहमन्त्री निधिले केहीबेरअघि राजिनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउनु भएको छ।
गृहमन्त्री निधि प्रधान्यायाधीश कार्कीविरुद्ध लगाइएको महाअभिग प्रस्तावप्रति असन्तुष्ट हुनुहुन्थ्यो। राजीनामा दिएलगत्तै निधिले सहयोगी सबैलाई साँझ निवासमा बोलाउनु भएको छ।
यस्तो छ गृहमन्त्रीको राजीनामामा निधिले संविधान बनाउने पक्षमा भने सक्रिय रहने बताउनु भएको छ।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल सरकार, उप प्रधामन्त्री एवम् गृहमन्त्री पदबाट आजैको मितिदेखि राजीनामा दिएको छु,’ गृहमन्त्री निधिले राजीनामामा भन्नुपर्छ, ‘संविधान संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सकृय रहि रहने छु, धन्यवाद।’