नुप्से चड्ने क्रममा प्रख्यात स्वीस आरोहीको मृत्यु
काठमाडौँ: प्रख्यात स्वीजल्याण्डका आरोही ४० वर्षीय उली स्टेक नुप्से हिमालको आरोहण गर्ने क्रममा आइतबार लडेर मृत्यू भएको छ । स्वीस मेसिनका उपनामले समेत चिनिने आरोही उली क्याम्प एक भन्दा माथिको ६ हजार २ सय मीटर क्षेत्रबाट दुई सय मीटर तल लडेर मृत्यू भएको पर्यटन विभागले जनाएको छ। उनी विना गाइड आरोहणमा हिडेका थिए।
मृतकको शव आइतबारनै काठमाडौ ल्याइएको छ। नुप्से र सगरमाथा एकै पटक आरोहण गर्ने लक्ष्यले अनुमती लिएर उनी २० दिन अघि आधारशिविर तर्फ हिडेका थिए । स्वीस नेपाल एक्सपीडिसन आरोहणदलबाट रोयल अरचीड ट्रेक एण्ड एक्पीडिसन प्रालिबाट उनी नुप्से र सगरमाथा आरोहण गर्दे थिए।
दुई सदस्य आरोहणदल रहेको टीममा उलीका आरोही साथी स्लोभाकियाका भ्लागिमीर स्टभ्रा भने आरोहणलाई निरन्तरता दिइ रहेको आरोहण ऐजेन्सीले जनायो।
नुप्से, ल्होत्से र सगरमाथा जाने बाटो क्याम्प दुई सम्म एउटै पर्ने भए पनि उली नोत्से तर्फ चिप्लीएर लडेको सगरमाथा आरोहण क्रममा रहेका संजिव गुरुङले जानकारी दिनुभयो।
उली यो सिजनकै पहिलो आरोही थियो। नुप्से पछि उनी ल्होत्से र सगरमाथाको समेत आरोहण गर्ने लक्ष्यमा रहको आरोहीहरुको भनाई छ । पर्यटन विभागबाट ६२ नम्बरबाट आरोहण अनुमती लिएका उलीको आरोहणमा विश्वचर्चित रेकर्ड कायम गरेका थिए। विना अक्सीजन सन् २०१२ र २०१५ मा सगरमाथाको सफल आरोहण गरी सकेका थिए।
उलीले ४ हजार मीटर माथिका ८२ वटा साना हिमाल ६२ दिनमा चडेर विश्व रेकर्ड समेत राखेका थिए। पर्यटन विभागको तथ्याङक अनुसार यस बर्ष सगरमाथा आरोहणका लागि ३९ आरोहणदलले तीन सय १० जना आरोहीले अनुमती लिएको छ।