ढिस्कोले पुरिएर चारको मृत्यु

ढिस्कोले पुरिएर चारको मृत्यु

मलंगवा : सर्लाहीको गौरीशंकर ७ श्रीनगरमा आइतबार साँझ माटोको ढिस्कोले पुरिएर एकै गाउँका चारजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएकी छन् ।स्थानीय सूर्यनारायण महतोका १० वर्षीय छोरा अभिषेक महतो, सात वर्षीया छोरी अंशु महतो, श्यामकुमार महतोकी ३२ वर्षीया श्रीमती बबितादेवी महतो र लालबाबु महतोकी ३४ वर्षीया श्रीमती रामबती महतोको मृत्यु भएको प्रहरी चौकी गौरीशंकरले जनाएको छ ।

बबितादेवीलाई उपचारका लागि जनकपुर लाँदै गर्दा बाटैमा र अरु तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरू साँझ सवा ६ बजे माटो लिनका लागि सागरनाथ वन विकास परियोजनाको जंगलमा गएका थिए । माटो खन्ने ठाउँ गाउँबाट करिब सय मिटरको दुरीमा छ ।

 

माटो खन्दै गर्दा अचानक माथिबाट खसेको माटोले पुरिएर उनीहरूको मृत्यु भएको गौरीशंकर प्रहरी चौकीका इन्चार्ज श्रीबहादुर तामाङले बताउनुभयो । घटनालगत्तै स्थानीय र प्रहरी पुगे पनि ठूलो ढिस्को खसेकाले तत्काल उद्धार गर्न नसकेको तामाङले जानकारी दिनुभयो । माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी ३५ वर्षीया रामरती महतोको जनकपुरमा उपचार भइरहेको छ ।

ढिस्को खस्दा ठूलो आवाज आएको थियो । माटोको ढिस्को खसेको खबर सुन्नसाथ स्थानीयवासी जंगलतिर दौडेका थिए । 'एक्कासि बम पड्केजस्तो आवाज आयो', स्थानीय ढुण्डीराज पोखरेलले भन्नुभयो, 'हेर्न जाँदा हामीले नै माटो झिक्ने गरेको ठाउँमा ठूलो ढिस्को खसेको रहेछ ।'

केही दिनअघि मात्रै सोही ठाउँमा पुरिएर दुई जनाको ज्यान गएको थियो । जथाभावी माटो निकाल्दा समेत चासो नदिँदा अकल्पनीय घटना भएको पोखरेलले बताउनुभयो । जंगल क्षेत्रबाट मनपरी रूपमा माटो निकाल्दा साना बालबालिका र पशुचौपाया जुनसुकै बेला खाल्डोमा पर्ने जोखिम बढेको प्रति परियोजनाले चासो नदेखाउँदा ठूलो घटना भएको पोखरेलको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.