पर्यटनका चुनाैती

पर्यटनका चुनाैती

काठमाडौः सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेञ्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७/५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए । योसँग सन् १९६० को दशक हिप्पी पर्यटनको सुरु भएको थियो ।

हिप्पी सस्ता (ब्यागप्याकर) थिए, लगाएको लुगाधरी बेचेर खर्च चलाउँथे । तर, तिनका कारण नेपाल पर्यटन गन्तव्यका रूपमा संसाभरि चिनियो । त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्ट (सन् १९६६) मार्फत वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थालेका थिए । यसका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भएको पर्यटन व्यवसायी बसन्त मि श्र बताउनुहुन्छ । योसँगै नेपालमा पर्यटकीय गन्तव्यको समेत चर्चा भइरहेको थियो । अन्नपूर्ण पदयात्रा विश्वमा चर्चित थियो । नेपालको जंगल पर्यटन, बन्यजन्तु पर्यटन, र्‍याफटिङ पर्यटनदेखि हिमाल आरोहण गर्ने र टे«किङ पर्यटनले विस्तारै गति लिँदै थियो ।

टाइगर टप्सले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गर्‍यो । पर्यटन ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' भन्ने उखानसँग मिल्ने व्यवसाय हो । अफ्रिका त के भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगण्य हो । तर, यसलाई एकसिंगे गैंडा र पाटे बाघ देखिने ठाउँका रूपमा प्रचार गरियो । अफ्रिकामा जंगल निस्केपछि हुलका हुल वन्यजन्तु पाइने, यहाँ त्यस्तो हुन्थेन । निस्किने बित्तिकै वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो । यसका कारण विश्वमा नेपाललाई हिमालयको देशसँग विश्वमा लोप हुन लागेको बन्यजन्तु एकै पटकमा हेर्न पाइने भनेर चिनिएको मि श्र बताउनुहुन्छ ।

त्यसबेला युरोप र अमेरिकाबाट आउने पर्यटक भारतको नयाँ दिल्लीसम्म हवाई जहाज हुँदै नेपाल बसमा आउँथे । पर्यटकी गन्तव्य भरिपूर्ण देश नेपाल भनेर सीएनएन, बीबीसीलगायतका चर्चित सञ्चार माध्यले पनि प्रचार सुरु गर्न थालिसकेका थिए । जब नेपाल वायु सेवा निगममा स्थापना भएपछि पर्यटन विकासले गति लिन थालेको हो । नेपालको एक मात्रै त्रिभुवन विमानस्थलमा विश्वमा विभिन्न एयरलायन्स कम्पनीले पनि उडान सुरु गरैसँगै नेपालको पर्यटन विस्तारै उकालो लाग्न थालेको थियो ।

यसरी विकास हुँदै आएको पर्यटनमा निजी क्षेत्रको पूर्णसहयोग थियो । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नेपालमा सन् १९९८ सम्म कुनै बलियो निकाय थिएन । नेपाल पर्यटन विभागले नै आफ्नो वार्षिक कार्यक्रमका लागि विनियोजन भएको रकमको केही अंश पर्यटन प्रवद्र्धनमा खर्च गर्थ्यो ।

नेपाल पर्यटन बोर्ड स्थापना भइसकेको थिएन । पर्यटन प्रवद्र्धनकै लागि भन्दै सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष अभियानका रूपमा मनाइरहेको थियो । भम्रण वर्ष मनाउँदै गर्दा बढीभन्दा बढी पर्यटक कसरी ल्याउने भने विषयमा निक्यौल थिएन । त्यतिखेर नेपाल पर्यटन विभागमा प्रचण्डमान श्रेष्ठ महानिर्देशकका रूपमा कार्यरत थिए । त्यसबेला नेपालमा पाँच तारे होटेलदेखि पर्यटक स्तरका होटेल तथा रिर्सोट पनि खुल्ने क्रम बढ्दो थियो । होटेलको लगानी रातारात थपिने क्रम बढ्दो छ । तर, सरकारले भने पर्यटन प्रवद्र्धनका लागि खासै चासो देखाएको थिएन ।

सन् २०२० भित्र तारे होटेलका मात्रै चार हजारभन्दा बढी कोठा थपिँदैछन् । यी कोठा भरिभराउ हुन पनि मासिक दुई लाखभन्दा बढी पर्यटक आवश्यक पर्छ । अहिले सञ्चालनमा रहेका होटेलमा सिजनमा ७० प्रतिशत र अन्य समयमा ५० प्रतिशत पनि पर्यटक भरिभराउन छैनन् । होटेलको अकुपेन्सीमा पनि ७० प्रतिशत आन्तरिक पर्यटकको हिस्सा छ । पर्यटन उद्योग नै नेपालमा डलर ल्याउन सक्ने एउटा मात्रै क्षेत्र भएको ठहर गर्दै सरकारले निजी क्षेत्र साझेदारीमा सन् २००७ देखि सुरु भएको कार्यक्रम केही प्रभावकारी भएको श्रेष्ठ बताउनुहुन्छ ।

 

सशस्त्र विद्रोह अन्त्यको सकारात्मक प्रभाव पर्यटनमा प‌र्‍यो । सन् २०११ को पर्यटन वर्ष पनि सफल ठानियो । नेपाल अब विस्तारै शान्तिको बाटोमा लम्केको छ भन्ने सूचना फैलिँदा सन् २०१२ मा आठ लाखभन्दा बढी पर्यटक भित्र्ययाउन सफल पनि भइयो । तर, फेरि देशमा राजनीतिक अस्थिरताको खेल सुरु भयो । मधेस आन्दोलन, भूकम्प र भारतको नाकाबन्दीले पर्यटक आगमनमा ४० प्रतिशले गिरावट आयो । पर्यटक आगमनमा आएको गिरावले होटेलका लगानीकर्ता पनि केहीपछि हट्ने अवस्था सिर्जना भयो । त्यसमा पनि २०१८ बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने र पोखरा विमानस्थल निर्माणको काम पनि सुरु हुने हल्लासँगै फेरि पर्यटन क्षेत्रमा केही सकारात्मक परिर्वतन देखिएको थियो ।

पर्यटन व्यवसायी जुन उत्साह र जोसका साथ लागिरहेका थिए । सोही अनुरुप कुनै पनि काम हुन सकेन । पर्यटन विकासका लागि सबैभन्दा महत्र्यवपूर्ण क्षेत्र हवाई कनेक्टीभिटी हो । महँगा पर्यटक आउने युरोप र अमेरिकासँग हवाई कनेक्टीभिटी जोडिन सकेको छैन । नेपालकै हवाई कनेक्टिभिटी पनि राम्रो छैन । आन्तरिक उडानमा पनि महँगो भाडादर छ । नेपालको पर्यटन विकासका लागि सबैभन्दा आवश्यक र महत्र्यपूर्ण क्षेत्र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको विस्तार हुनु नै हो । विश्वको सबैभन्दा महँगो भाडादर भएकै कारण पनि नेपालमा पर्यटक आगमन बढ्न नसकेको निगममा महाप्रबन्धक सुगतरत्न कंसाकार बताउनुहुन्छ । जबसम्म राष्ट्रिय ध्वजावाहकले युरोप तथा अमेरिका सीधा उडान गर्न सक्दैन तबसम्म नेपालको पर्यटन विकासमा सम्भव नहुने कंसाकारको भनाइ छ । नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी ल्याएर युरोप अमेरिका सीधा उडान गरेसँगै पर्यटक आगमनमा ४० प्रतिशत उकालो लाग्ने उहाँको दाबी छ ।

नेपालको जुन सुन्दरता छ, करोडको संख्यामा पर्यटक नआउने कुनै कारण छैन । तैपनि गत वर्ष सात लाख पर्यटक आएकामा रमाउने अवस्था भएको बसन्त मिश्र बताउनुहुन्छ । पर्यटनसँग जोडिएर आउने कुरा नागरिक उड्डयन हो । तर, मुलुकमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि दोस्रो नबनेको मात्र हैन, त्यसको विस्तारसमेत भएन । अहिले आएर ‘एयर कनेक्टिभिटी' पर्यटन आगमनको ‘बोटलनेक' का रूपमा देखियो । पर्यटन आगमनको विस्तारमा राष्ट्रिय ध्वजाबाहकको निर्णायक भूमिका हुन्छ तर नेपाल वायुसेवा निमगलाई नै खत्तम बनाइयो । यसका कारण पर्यटन क्षेत्रमा सरकारले सोचे अनुरुपको फाइदा लिने सकेको छैन ।

अहिले सञ्चालनमा रहेका होटेलमा सिजनमा ७० प्रतिशत र अन्य समयमा ५० प्रतिशत पनि पर्यटक भरिभराउन छैनन् । अकुपेन्सीमा पनि ७० प्रतिशत आन्तरिक पर्यटकको हिस्सा छ ।

अब थपिने चार हजार कोठा (कुल २७ हजार) का लागि वार्षिक कम्तीमा १६ लाख पर्यटक नभित्र्ययाइ नहुने होटेल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह बताउनुहुन्छ । सन् २०२० सम्ममा २० लाख पर्यटक आगमन गराउने सरकारी गुरु योजनाको लक्ष्य छ । तर, लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणको काम सन्तोषजनक छैन । सरकारको लक्ष्य कागजमा सीमित हुने सम्भावना छ । पछिल्लो समय तारे होटेल विभिन्न सभा/सम्मेलनको भरमा टिकेको एयरपोर्ट होटेल सञ्चालक शाहले बताउनुहुन्छ । पर्यटक आगमन बढाउन सरकार आफैं नभिडी हुन्न । ‘होटेल आफैंले व्यापारका लागि पर्यटक भित्र्ययाइ हाल्छन् भन्ने मानसिकताले हुन्न', उहाँ थप्नुहुन्छ ।

विदेशी पर्यटकको संख्याचाहिँ चार वर्षदेखि ओरालो लागेको छ । सन् २०१२ मा आठ लाखभन्दा बढी पर्यटक भित्रिएर रेकर्ड बने यता पर्यटक आगमन क्रमशः घटिरहेको छ । निर्माणाधीन होटेल बनेपछि तारे होटेल र रिसोर्टमा गरी चार हजारभन्दा बढी कोठा थपिनेछन् । चालू अवस्थामा रहेका २३ हजार कोठामा ५० प्रतिशतमात्र अकुपेन्सी रहेको होटेल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार ७० प्रतिशत जति व्यापार आन्तरिक पर्यटकबाटै धानिएको छ । धैरेभन्दा धेरै पर्यटक ल्याउन युरोप अमेरिकामा अहिले भएको कार्यक्रमलाई नै निरन्तरता दिने र भारत तथा चीनमा भने बढी पर्यटक भित्र्ययाउने कार्यक्रम आवश्यक छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउनकै लागि सन् २०१८ लागि नेपाल घुम्ने वर्षको अभियानका रूपमा मनाउने भन्दै गुरु योजना बनाएको छ । यसले पनि केही सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी बताउनुहुन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.