‘मजदुर-मालिक सम्बन्ध बलियो बनाउँछौं'

‘मजदुर-मालिक सम्बन्ध बलियो बनाउँछौं'

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले परिवर्तित समयमा श्रमिक र रोजगारदाता सबैका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) उत्तिकै महत्वपूर्ण भएको बताएको छ । मे दिवसले श्रमिक र कामदारको लागि विशेष महŒव राख्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक सय २८ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा शुभकामना दिँदै महासंघ अध्यक्ष भवानी राणाले भन्नुभयो, ‘औद्योगिक शान्ति र असल श्रम सम्बन्धको विकासका लागि हामीले गर्दै आएको प्रयास र हामी बीचको सहकार्यबाट आपसी विश्वास र सहयोग प्रबद्र्धनमा ठूलो बल पुगेको हामीले महशुस गरेका छौं ।'

लगानी प्रबद्र्धन र रोजगारी सिर्जना प्रमुख चुनौती रहेको सन्दर्भमा मे दिवसले श्रमिक र रोजगारदाता सबैलाई मुलुकको आर्थिक विकास र समुन्नतिका लागि थप सहयोग र सद्भावका साथ अघि बढ्न प्रेरित गर्ने अध्यक्ष राणाले कामना गर्नुभएको छ ।

महासंघ उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायको विस्तार, आर्थिक वृद्धि र पर्याप्त रोजगारी सिर्जना अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । ‘हाम्रा सामु रहेका यी चुनौती र आवश्यकतालाई मध्यनजर गरी मुलुकको अर्थतन्त्रको विकास र हाम्रो समुन्नतिका लागि हाम्रो प्रयत्न र प्रतिवद्धताको विकल्प छैन', उहाँले भन्नुभएको छ, ‘यसर्थ हामीले थप सहकार्य र सहयोगका माध्यमबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो विशेष आग्रह हो ।'

श्रम सम्बन्ध सुधारका लागि ट्रेड युनियनसँग गर्दै आएको सहकार्यले श्रमिक र रोजगारदाताबीच आपसी विश्वास वृद्धि गर्न ठूलो सहयोग पुगेको उपाध्यक्ष ढकालको विश्वास छ । दुवै पक्षबीचको सम्बन्धलाई अझ भरपर्दो बनाउन प्रयत्नशील रहने उहाँले विश्वास दिलाउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.