कल वाइपास गर्ने पक्राउ

कल वाइपास गर्ने पक्राउ

झापा : प्रहरीले झापाको दमकबाट ‘कल वाइपास' गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षीय अमन सिंह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले गएराति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । उनी दमक नगरपालिका–५ स्थित मनिष लिम्बूको घरमा डेरा गरी बस्दै आएको बताइएको छ ।

प्रहरीले उनको कोठाबाट कल वाइपास गर्ने उपकरण, इन्भर्टर, इन्भर्टरको ब्याट्री, एक सय थान नेपाल टेलिकमका सिम कार्ड र १५० थान एनसेलका सिमकार्ड तथा रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो ।

पक्राउ परेका सिंहलाई इप्रका, दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.