कांग्रेस, एमालेसहित विभिन्न दलका नेता माओवादीमा प्रवेश

कांग्रेस, एमालेसहित विभिन्न दलका नेता माओवादीमा प्रवेश

काठमाडौं : विभिन्न दलका जिल्ला स्तरका नेता सोमबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

सोमबार प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा आयोजित विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बुद्धराज बस्नेत र एमालेकी नेतृ दुर्गा नेपाल, संघीय समाजवादीका रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जनसहितका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्र प्रवेश गर्ने नेताहरुलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभयो।

‘हिजो महाअभियोग दर्ता भएपछि राजनीतिमा एक खालको तरङ्ग आएको छ। तर, महाअभियोगको आफ्नो प्रक्रिया छ, त्यो संसदीय प्रक्रियामा जान्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसले निर्वाचनमा कुनै असर गर्दैन। भोलि मनोनयन दर्ता हुन्छ र ३१ गते पहिलो चरणको निर्वाचन हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन। तपाईहरु पनि सबै भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस्।’

निर्वाचनलाई उत्सवका रुपमा मनाउन अपील गर्नु भएको छ। ‘मनोनय दर्ता भएपछि भोलिबाट निर्वाचनबारे सबै अन्यौल हट्छ, तपाईहरु सबै निर्वाचनमा होमिनुस्, महाअभियोगले निर्वाचनमा कुनै असर गर्दैन’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनसम्म संशोधन विद्येयक अघि नबढे पनि यसले चुनावलाई कुनै असर पर्दैन, मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ। स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.