अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन जारी

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन जारी

नेपालगन्ज : अन्नपूर्ण मिडिया नेटवर्कले आयोजनामा सञ्चालन भइरहेको अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सोमबार पनि जारी रहेको छ।

मंगलबार हुने फाइनलको लागि महिला एकल तर्फको खेलमा बाँकेकी मेरी थापा र बाँकेकै सम्झना शर्मा भिडने भएका छन्।

सोमबार भएको महिला एकल तर्फको सेमिफाइनल खेलमा मेरीले सामीक्षा न्यौपानेलाई २१-१९ र २१-१९ को स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छन्। ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी मेरीको ९ बर्षपछि प्रतियोगितामा पुनरागमन भएको हो।

त्यस्तै बाँकेकी सम्झना शर्माले बाँकेकै निरु ताम्राकारबाट वाक ओभर पाई फाइलमा पुगेकी छन्। पुरुष एकल तर्फ बाँकेका रियाज अन्सारीले दाङका विक्की बुढालाई २१-९ र २१-१३ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने बाँकेका शिव थापाले बाँके कै सहरोज अन्सारीलाई २१-१६, २१-१३ पराजित गर्दैै फाइनलमा पुगेका छन्।

पुरुष डबलतर्फ बाँकेका रियाज अन्सारी र सेहरोज अन्सारीको जोडीले दाङका तुलसी महरा र विक्की बुढालाई २७-६, २१-१७ को अन्तरले पराजित गरेर फाइनलमा पुगेका छन्।

त्यस्तै सुर्खेतका महेशविक्रम सिंह र टक्क बहादुर शाहीको जोडीले बाँकेको अभयलाल श्रेष्ठ र अरुण कुमार गौतम ‘टाइगर’को जोडीलाई १८-२१,२१-१७ र २१-१९ को अन्तरले पारजित गरेका छन्। फाइनल खेल मंगलबार हुने प्रतियोगिताका रेफ्रि उदय अर्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.