धुलेश्वर काठमाडौं बन्यो हिलेश्वर (फोटो फिचर/भिडियो)
काठमाडौं : घाम लाग्नसाथ धुलोले ढपक्कै छोप्ने काठमाडौं अहिले हिलाम्मे बनेको छ । सोबार विहानैदेखि परेको पानीले राजधानीका सडक रोपाँइ गर्न तयार पारेको खेत जस्तै देखिएको छ।
सरकारले सडक बिस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउने काम समयमै पुरा गर्न नसक्दा काठमाडौं बासीले घाम लागेको बेलामा धुलो र पानी परेका बेलामा हिलोको सास्ति बेहोर्न बाध्य भइरहेका छन्।
सडममा हिड्ने पैदल यात्रीले मात्रै होइन सवारी चालकलाई पनि राजधानीको हिलो झेल्न मुस्किल परेको देखिन्छ। काठमाडौंका भित्री सडकहरु मात्र नभएर सहर जोड्ने रिङरोड नै घामलाग्न साथ धुलाम्मे हुने गरेको छ भने पानी पर्नसाथ हिलाम्मे बन्ने गरेको छ ।
भिडियोमा हेर्नोस् हिलाम्मे सडकको सास्ती