मे दिवसमा श्रमिकको गुनासो : 'आफ्नो पीडा आफैंसँग छ'

मे दिवसमा श्रमिकको गुनासो : 'आफ्नो पीडा आफैंसँग छ'

इलाम : चिया विकास निगमअन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएको कन्याम चिया बगानका श्रमिक अम्बर निरौलाले केही समयको कुराकानीपछि गुनासो गर्नुभयो, 'खै के भनौं ? आफ्नो पीडा आफैंसँग छ ।' विश्व मजदुर दिवसको अवसरमा इलामका चिया मजदुरले सरकारले तोकोको पारि श्रमिकसमेत नपाएको गुनासो गरे । घरबार चल्ने पारि श्रमिक नपाएकै कारण चिया बगानमा काम गर्ने श्रमिक कोही अन्य पेसा त केही वैदेशिक रोजगारीका लागि जान बाध्य भएको नेपाल ट्रेड युनियन कांग्रेसका इलाम अध्यक्ष हरि फुँयालले बताउनुभयो ।

पाँच वर्षअघि एक सय ३५ चिया मजदुर काम गर्ने गरेको इलाम सदरमुकामको चिया बगानमा अहिले २६ जना मात्र स्थायी कर्मचारी छन् । उक्त बगानमा ३४ जना करारका कामदार लगाएर काम जारी राखिएको बगान प्रशासनले जनाएको छ । त्यहाँका कर्मचारीले दैनिक दुई सय २० रुपयाँ पारि श्रमिक पाउने गरेका छन् । 'यो ज्यालाले घरबार चल्ने अवस्था छैन', एक श्रमिकले भने ।

कन्याम चिया बगानमा पनि अहिले स्थायी कामदार घट्ने क्रममा रहेको नेपाल चिया मजदुर श्रमिक संघ कन्यामका सचिव अम्बर निरौराले जानकारी दिनुभयो । 'त्यहाँ ८० जना करारका श्रमिक काम गरिरहेका छन् । सरकारले दैनिक दुई सय ५४ रुपैयाँ ज्याला निर्धारण गरे पनि बगानका श्रमिकले त्यो पाएका छैनन्', उहाँले भन्नुभयो ।

१० प्रतिशत सञ्चय कोष, ज्याला वृद्धि, सामाजिक सुरक्षालगायत विषयमा ठेकेदार कम्पनीले कुनै काम नगरेका कारण मजदुरले बाध्य भएर काम छोडेको नेपाल टे«ड युनियन कांग्रेस इलामका अध्यक्ष फुँयालको भनाइ छ । 'राज्यले ठेक्का दिएपछि इलाम र झापाका सातवटा चिया बगानका मजदुरले दुःख पाएका हुन्', उहाँले भन्नुभयो ।

 

चिया बगानमा कार्यरत पूर्वका ३५ हजार मजदुरको गुनासो एउटै छ । चिया बगान व्यवस्थापनले समस्या समाधान गर्न उदासीनता देखाएपछि उनीहरूको गुनासो 'अरण्यरोदन' मात्र बनेको चिया मजदुर श्रमिक संघ कन्यामकी अध्यक्ष नर्वदा निरौलाको भनाइ छ । चिया बगान निजीकरण भएपछि सेवासुविधा कम हुँदै जाँदा चियाको मुनामा भविष्य खोज्ने श्रमिकको दिनचर्या थप संकटमा परेको हो । मजदुरलाई दिएको ज्यालाले परिवार पाल्ने अवस्था नभएपछि धेरैले काम छोडेको उहाँले बताउनुभयो ।

'बगानको एक दिनको ज्यालाले एक लिटर खाने तेल आउँदैन', इलाम चिया बगानमा २९ वर्षदेखि काम गरिरहेका एक श्रमिकले भने । अहिले दैनिक एक सय ३५ ज्याला पाउँदै गरेका उनले गर्ने काम भने प्रस्ट छैन ।न्यून ज्यालाकै कारण जिल्लाका कन्याम, इलाम, सोत्तिम र चिलिमकोट चिया बगानबाट चार सय ४६ भन्दा बढी मजदुर विस्थापित भएको अध्यक्ष फुयालले बताउनुभयो । सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखानामा २०५७ सालमा आठ सय ५८ जना मजदुर कार्यरत थिए ।

२०५७ सालमा चिया बगान र कारखाना निजीकरणसँगै मजदुर विस्थापित भएका छन् । निजीकरण गरिएपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवासुविधामा कटौती गरेपछि परिवार पाल्न नसक्ने भएकाले मजदुर चिया बगान छोडेर रोजगारीका लागि अन्य स्थानतिर जाने गरेका हुन् । चार सय ७३ स्थायी मजदुर रहेको देशकै ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला एक सय १३ मजदुर मात्र कार्यरत छन् । एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा पनि २६ जना मात्र छन् । सोक्तिम, चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.