सबै विधामा छनोट पूरा

सबै विधामा छनोट पूरा

बुटवल : अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बुटवलमा भएको क्षेत्रीय छनोट प्रतियोगिताअन्तर्गत सबै विधाका सेमिफाइनल चरणको खेल सम्पन्न भएको छ । सोमबार भएको खेलमा जित हात पार्दै पुरुष सिंगल्सतर्फ गणेश रायमाझी र विश्वास नेपालले फाइनल यात्रा तय गरेका छन् ।

बुटवलको नवदीप कभर्ड हलको कोर्टमा बुटवलका गणेश र विश्वासले सेमिफाइनलमा क्रमशः पाल्पाका टोपबहादुर अस्लामी र डीबी रायमाझीलाई पराजित गरे । फाइनलमा प्रवेश गरेसँगै गणेश र विश्वास दुवै काठमाडौंमा हुने अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका लागि छनोट भएका छन् । पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका गणेश र विश्वासको जोडी पुरुष डबल्सतर्फ पनि फाइनलमा पुगेको छ ।

सोमबार भएको सेमिफाइनल खेलमा बीएस बस्नेत र पंकज ज्ञवालीको जोडीलाई पराजित गर्दै उक्त जोडीले फाइनल यात्रा तय गरेको हो । उनीहरूले उपाधिका लागि बुटवलका धु्रवविक्रम शाह र गोपाल टण्डनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा पुगेको गणेश र विश्वास तथा ध्रुव र गोपालको जोडी पनि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको छ ।

महिला सिंगल्सतर्फ भने आइतबार नै जेसिका रायमाझी र पुजा विष्ट फाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूको पनि काठमाडौं यात्रा पक्का भइसकेको छ । प्रतियोगिताअन्तर्गत सबै विधाको फाइनल खेल मंगलबार हुनेछ।
प्रतियोगितामा गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी र रूपन्देहीका खेलाडीको सहभागिता थियो । प्रतियोगिताको फाइनलमा पुग्ने खेलाडीमा भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडीको बाहुल्य देखिएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुँदै आइरहेको अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पहिलोपटक क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गरिएको हो । महिला र पुरुष सिंगल तथा पुरुष डबल्सका विधाहरू सम्मिलित क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुन यातायात खर्च आयोजक अन्नपूर्ण मिडिया नेटवर्कले नै बेहोर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.