ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

प्यूठान : स्वर्गद्धारी नगरपालिका–३ भिंगृस्थित सोँडमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार विहान भिंगृ जलुकेबाट किमिचौरतपर्फ जाँदै गरेको लु २ त ६९०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी सहचालक दाङ सैघा निवासी १६ वर्षीय मनोज रानाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको प्यूठानका प्रहरी प्रमुख डिएसपी रंजितसिँह राठौँरले जानकारी दिनुभयो । जलुकेबाट निर्माणका लागि ढुंगा लिएर जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.