आइजीपी मुद्वा आजको सूचीबाट सर्यो
काठमाडौं : प्रहरी महानिरीक्षकको मुद्वाको पेशी आजको सूचीबाट हटाइको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाई गर्ने भनिएपनि आजको पेशी सूचीबाट हटाइएको हो ।
सर्वोच्च अदालतले इजलाश नै नतोकी नेपाल प्रहरी महानरीक्षक बढुवा मुद्वाको सूची स्थगित गरेको हो । प्रधानन्यायाधिश सुशीला कार्की निलम्बनमा परेपछि उक्त मुद्वा अन्यौलमा परेसँगै केही पर सारिएको बताइएको छ ।