मनोनयनमा उत्साह कि सकस ?

मनोनयनमा उत्साह कि सकस ?

काठमाडौं : राजनीतिक अन्यौलताबीच स्थानीय तह निर्वाचन प्रक्रिया सुरु भएको छ । राजनीतिक उतारचढावसँगै घोषित कार्यतालिका अनुरुप नै आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । पहिलो चरणको निर्वाचन अन्र्तगत आज देशभरका ३४ जिल्लाका दुई सय ८३ स्थानमा उम्मेदवारको मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता हुने छ । पूर्णरुपमा उत्साह नभएपनि ३४ जिल्लामै उम्मेदवारी दर्ताका लागि दलहरु क्रियाशील भएर लागेका छन् ।

लामो समयदेखि चुनाव नभएकाले राजनीतिक दलमा उत्साह देखिनुपर्ने भएपनि त्यस्तो पाइएको छैन् । उम्मेदवार टुंगो नलागेकाले पनि कतिपय दल अझै आन्तरिक छलफलमा छन् ।


दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधिवीहिन छन् । यद्यपी, राजनैतिक अन्यौलताका कारण कतिपय दलले आफ्ना उम्मेदवार घोषणा गर्न सकेका छैनन् । सत्तारुढ दलकै दलका अधिकांश नेताहरुले दिउँशोसम्म उम्मेदवारी दर्ता गराइसकेका छैनन् । आज मनोनयन गर्ने अन्तिम समय भएकाले बेलुकीसम्म सबै दलले उम्मेदवारी घोषणा गर्ने संभावना छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.