राजपा सरकारलाई समर्थन दिन तयार

राजपा सरकारलाई समर्थन दिन तयार

काठमाडौं : मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरेको अवस्थामा समर्थन गर्न सकिने गरी छलफल भएको राजपाका एक नेता केशव झाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपाले सरकारलाई समर्थन दिन लागेको हो । ‘सरकारले औपचारिक रुपमा आग्रह गरेको अवस्थामा हामी सरकारलाई समर्थन गर्न तयार छौ । हामी संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन चाहन्छौ ’ झाले अन्नपूर्णसँग भन्नुभयो ।

राजपाको पार्टी एकीकरण बैठक अहिले काठमाडौमा बसिरहेको छ । निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराउने उद्देश्यले ६१ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरको माइन्युट बैठकले तयार गर्ने झाले जानकारी दिनुभयो । झाका अनुसार राजपाले बैशाख ३१ गते तीन वटा प्रदेशमा हुने निर्वाचनमा भाग लिनेछैन । संविधान संशोधन प्रक्रिया अगाडि नबढेसम्म निर्वाचनमा भाग नलिने राजपाले अडान लिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.