सेवाग्रीबाट चार लाख लुट्ने भारतीय पक्राउ
वीरगन्ज: वीरगन्जको आदर्शनगरस्थित व्यस्त चोकमा मंगलवार दिउँसै रकम लुटेर भाग्दै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको जलपाई थाना रानीगञ्ज ग्राम पन्चायतको आश्रमपुरा गाउ घर भएका २० वर्षीय अमीर ग्वाला रहेका छन्।
वीरगन्जको आदर्शनगरको कैलाश चोकमा रहेको सिटीजन्स बैंकबाट पैसा झिकेर निस्किएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ धर्मनगरका २४ वर्षिय जटाशंकर साहको साथमा रहेको चार लाख रुपैया लुटेर भागेका ग्वालालाइ प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो।
साह बैंकबाट रकम झिकेर निस्किए लगत्तै दिउँसो साढे दुइ बजे तिर ग्वालाले साहको साथमा रहेको चार लाख रुपैया सहितको झोला लुटेर भागेका थिए । साहले हल्ला गर्दै गुहार मागेपछि स्थानीयले भाग्दै गरेका ग्वालाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनुभयो।
पक्राउ परेका ग्वालालाइ जिल्ल प्रहरी कार्यालयको हिरासतमा राखेर लुटपाट अन्र्तगत मुद्दा चलाउने तयारी गरेपनि पीडित साहाले आफ्नो रकम फिर्ता मागेकोले कस्तो मुद्दा चलाउने भन्ने बिषयमा छलफल भइरहेको प्रहरी नायव उपरिक्षक जोशीले बताउनुभयो।