आइओएममा तालाबन्दी

आइओएममा तालाबन्दी

काठमाडौँ: चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन्।

आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ।

आइओएम स्ववियुका अध्यक्ष मिलन गैरेले भन्नुभयो, ‘‘पिजी अध्ययन गर्नु भनेको विशेषज्ञ तह हो। एमविविएस पढेका कोही पनि विपन्न वा आर्थिक हैसियत कम भएका हुँदैनन्, आरक्षणका नाममा हुनेखानेका छोराछोरीले नै अवसर लिने भएकाले जसका लागि लक्षित गरिएको हो, उसले त पाएकै छैनन्, त्यसैले आरक्षण हटाउनुपर्छ।'

चिकित्सा क्षेत्रमा विशेषज्ञ तह सम्वेदनशील हुने भएकाले योग्य व्यक्तिलाई मात्र छान्नुपर्ने हुन्छ। आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा जानेसमेत युनियनले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.