भद्र सहमति तोड्ने प्रयास'

भद्र सहमति तोड्ने प्रयास'

विराटनगर : उद्योग वाणिज्य महासंघभन्दा एक वर्षपहिले स्थापना भएको मोरङ व्यापार संघको निर्वाचन नजिकिँदै जाँदा विराटनगरका उद्योगी व्यापारीलाई चुनावको चटारो लागेको छ ।निर्वाचन नजिकिँदै जाँदा व्यापारी वृत्तमा पनि ३१ औं कार्यसमितिको नेतृत्व कसले हत्याउने भन्ने रस्साकस्सी चलेको छ । नेतृत्व चयनका विषयलाई लिएर व्यापारीमा पनि दुई धार देखिएको छ । हालका अध्यक्ष पवनकुमार शारडा र वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत समूहबीच नेतृत्व कसले लिने भन्नेबारे कुरा मिल्न नसकिरहेको संघका एक पूर्वअध्यक्षले जानकारी दिए । दुई समूह आ-आफ्नो प्यानलको लबीमा लागेका छन् ।

२००७ सालमा स्थापना भएको संघको यही वैशाख २४ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदै छ । निर्वाचनले ३१ औं कार्यसमिति चयन गर्नेछ । संघको ६४ औं साधारणसभा २४ चैतमा भएको थियो । साधारणसभा सम्पन्न भएको एक महिनाभित्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन हुन लागेको हो ।

तीन वर्षअघि संघले ३० औं कार्यसमिति पाएको थियो । एक वर्षअघि नै नयाँ नेतृत्व चयन हुनुपर्ने भए पनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलनलगायतलाई कारण देखाउँदै नयाँ नेतृत्व चयन एक वर्षपछि धकेलिएको हो । निर्वाचनबाट उद्योगबाट आठ, वाणिज्यबाट आठ, वस्तुगतबाट दुई र शाखाबाट एक जना कार्यसमितिमा चयन गरिन्छ । दुई जना पछि मनोनीत गरिन्छ । संघमा वाणिज्यबाट एक हजार ८९, उद्योगबाट पाँच सय ७२ र वस्तुगतबाट १० जना सदस्य छन् ।

व्यापार संघका एक सदस्यका अनुसार एक वर्षअघि वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतलाई ३१ औं कार्यसमितिको अध्यक्ष र महासचिव प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष बनाउने 'भद्र' सहमति भएको थियो । उनका अनुसार संघका पूर्वअध्यक्ष सुरेशराज शर्मा, शंकरलाल अग्रवाल, जीवन नेपाल, ताराचन खेतान, देवेन्द्रराज गडीया, नन्दु राठी, महेश जाजुलगायत व्यापार संघका पदाधिकारीबीच राउतलाई अध्यक्ष बनाउने भद्र सहमति भएको थियो । 'अहिले निर्वाचन नजिकिँदै जाँदा सहमति तोड्ने प्रयास भएको छ,' एक पूर्वअध्यक्षले भने, 'सहमति तोड्नु भनेको व्यापार संघको शाख जोगाउन भूमिका खेल्नेहरूको अपमान गर्नु हो ।'

व्यापारीबीचमा ध्रुवीकरण ल्याउन खोज्ने, पूर्वअध्यक्ष र वरिष्ठ उद्योगी एवं व्यापारीलाई आँच पुर्‍याउन खोज्ने तत्वले सहमति तोड्ने चालबाजी रचिरहेको उनको भनाइ छ । उनका अुनसार शारडा समूह निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने र राउत समूह यसअघि भएको भद्र सहमतिलाई कायम गर्दै सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् । शारडा फोरम लोकतान्त्रिकका तर्फबाट सांसदसमेत हुनुहुन्छ ।

शारडा यसपटक आफंै अध्यक्ष बन्ने नभए महासचिव प्रकाश मुन्दडालाई अध्यक्ष बनाउने दाउमा लागेको व्यापारीको भनाइ छ । 'आफैंले दोहोर्‍याउने विषयलाई लिएर व्यापारिक वृत्तमा सल्लाह गर्दा प्रतिष्ठाको विषय बन्ने भन्दै नहोदोर्‍याउन सबैबाट शारडालाई दबाब आयो,' एक व्यापारीले भने, 'आफू उठ्न नपाए मुन्दडालाई अघि सार्ने योजना छ ।'

शारडाले भने आफूले यसपटक दोहोर्‍याउने कुरा कहीँ पनि सार्वजनिक नगरेको बताउनुभयो । 'मैले चाहेर केही पनि हुँदैन,' उहाँले भन्नुभयो, 'व्यापार संघको नेतृत्व चयनका लागि म त एउटा माध्यम मात्र हो ।' आफ्नो कार्यकाल सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न लागिपरेको बताउँदै उहाँले सहमति भए पनि वा निर्वाचन जे भए पनि आफू मान्न तयार रहेको बताउनुभयो ।

राउत भने यसअघि भएको भद्र सहमतिका आधारमा आफूले नेतृत्व लिन पाउनुपर्ने बताउनुहुन्छ । 'विगतमा जुन हिसाबको सहमति भएको थियो त्यसैलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरा कुरा हो,' राउतले भन्नुभयो, 'अग्रजहरूले गरेको निर्णयभन्दा बाहिर जान सकिँदैन ।' उहाँले व्यापारिक क्षेत्रमै आँच आउने गरी भइरहेका नेतृत्व चयनका हर्कत गलत र अव्यावहारिक भएको बताउनुभयो । व्यापारिक हकहितका लागि स्थापना भएको संस्थामा अनावश्यक हस्तक्षेप हुन नहुने राउतको भनाइ छ । 'वरिष्ठ उपाध्यक्षले अध्यक्षका लागि एक हिसाबको मनस्थिति बनाएकै हुन्छन् । मेरो बारेमा एकप्रकारको सहमति भएकै छ,' उहाँले भन्नुभयो, 'सहमति उल्लंघन हुनुहुँदैन भन्ने कुरा मात्र हो । उल्लंघन गर्न खोजिनु दुर्भाग्यपूर्ण हो ।' सहमति गराउने पूर्वअध्यक्षहरू पनि भद्र सहमतिकै पक्षमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.