चाउमिन उद्योगबाट प्रशस्त आम्दानी

चाउमिन उद्योगबाट प्रशस्त आम्दानी

गाईघाट मेहनत गरे स्वदेशमै मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ गाइघाटका दलबहादुर राई । प्रहरी सेवाबाट अवकास प्राप्त राईले थुक्पा उद्योगबाट घरमै पर्याप्त कमाइ गरिरहनु भएको छ । १६ वर्षअघि मासिक १३ सय रुपैयाँ निबृत्तिभरण थाप्ने गरी प्रहरी सेवाबाट अवकास लिनुभएका राई उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडास्थित आफ्नै घरमा थुक्पा बनाउने उद्योग सञ्चालन गरेर लखपति बन्न सफल हुनुभएको हो ।

मैदाबाट बनाइने सिन्के चाउचाउ अर्थात् थुक्पा बिक्रीबाट मासिक झन्डै एक लाख रुपैयाँ कमाइ हुन थालेपछि वैदेशिक रोजगारको चाहारीमा भौतारिने युवा पुस्ताका लागि उहाँले एउटा गतिलो उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ । राईले विगत १० वर्षदेखि निरन्तररूपमा चाउमिन बनाउन प्रयोग गरिने थुक्पा उत्पादन गरी बिक्री वितरण गर्दै आउनुभएको छ । यसबाट छोराछोरी पढाइसहित नौ जनाको परिवाको पाल्ने खर्चमात्र हैन १० कठ्ठा खेत र दुई तले ६ कोठे पक्की घर निर्माण गर्न समेत सफल हुनुभएको छ ।

विदेशमा गर्ने परि श्रम आफ्नै देशमा गरे त्यहाँभन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने मान्यताले औद्योगिक क्षेत्रमा लाग्नुभएका राईले आपूmले उत्पादन गरेको सिन्के चाउचाउ बिक्री गरी वार्षिक करिब १० लाख आम्दानी गरिरहनु भएको छ । उहाँले भन्नुभयो, 'विदेशमा नेपालीको समस्याको बारेमा मलाई धेरै थाहा छ । त्यहा“ आउने समस्या कस्तो हुन्छ र कति दुःख गर्नु पर्छ भन्ने सिकाइ र भोगाइ बुझ्न विदेशबाट आउनेसँग सोध्दा पनि थाहा हुन्छ ।'
पुख्र्यौली पेसा कृषि भए पनि २० वर्षसम्म प्रहरी सेवामा कार्यरत रहेको समयमा घरायसी व्यवहार चलाउन सँधैभरि आर्थिक समस्या परिरहने गरेको तर
उद्योग सञ्चालन पश्चात अहिलेसम्म घरखर्चका लागि कुनै आर्थिक समस्या नभएको उहाँले बताउनुभयो ।

राईले भन्नुभयो, 'थुक्पाबाट आएको पैसाले जेठी छोरीले काठमाडैा‌ मा बीबीएमा अध्ययनरत रहेको र कान्छी छोरीले चीनबाट होटेल व्यवस्थापन विषयको अध्ययन पूरा गरिसकेको र अन्य तीनजना केटाकेटीको स्थानीय बोडिङ स्कुलमा लाग्ने खर्चसमेत सजिलै धान्न सकिरहेकोछु ।'विदेश जाने इच्छा नगरेको बताउदै विदेश गएर कमाउने पैसा घरमै बसी कमाउन सकिने उहाँको विश्वास छ । दैनिक पाँच क्विन्टलभन्दा बढी थुक्पा उत्पादन
हुने र खरिदका लागि खोटाङ, उदयपुर, सिरहा र सप्तरी जिल्लाका साना तथा ठूला होटेल व्यवसायी र किराना पसलेसमेत आउने गरेको राईले बताउनुभयोे।

वैदेशिक रोजगारमा जाँदा अगाडि थोरै भए पनि लाख रुपैयाँ एजेन्टलाई बुझाउनुपर्छ, तर यहाँ उद्योगगर्दा कसैलाई पैसा पुर्‍याउनु नपर्ने उल्टै आउने भएकाले उद्योग नै रोजेको राईले बताउनुभयो । आफ्नो घरमा बसेर लाज र अल्छी नमानी काम गर्ने बानी नहुँदा नेपाली युवाले विदेशमा सास्ती भोग्नुपर्ने राईको तर्क छ ।

आपूmले उत्पादन गरेको थुक्पाले राम्रो बजार भाउ पाएको उहाँको भनाइ छ । ५० किलोग्राम मैदाको पीठोमा १२ लिटर पानी मिसाएर मिक्सचर मेसिनमा
लगाईने र त्यसपछि रोलर मेसिनले पेलेर निकालिएको रोटीजस्तो चाक्लालाई कटिङ मेसिनले सिन्काजस्तो पारेर काटेपछि त्यसलाई तीन दिनसम्म बन्द कोठामा गुम्साएर राखेर निकालेपछि घाममा कपडा सुकायझै सुकाएपछि थुक्पा तयार पार्न सकिने राई बताउनुहुन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.