प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि

प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि

काठमाडौँ  : नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचारः शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताउनुभयो । “दोषीलाई कारबाही नहुनु, पत्रकारमाथि आक्रमण गर्नेमाथि छानबिन नहुने जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन्”, उहाँले भन्नुभयो–“प्रवृत्तिगतरुपमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन् । पूर्णरुपमा प्रेस स्वतन्त्रता भन्ने छैन ।”

उहाँले व्यवहारमा प्रेस स्वतन्त्रता नभएकाले पत्रकारले अहिले पनि स्वनियन्त्रणमा समाचार लेख्नु परेको बताउनुभयो । अध्यक्ष डा। विष्टले नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरुपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उहाँले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताउनुभयो । उहाँले अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताका घटनामा कमी आए पनि निर्भिक ढङ्गबाट काम गर्ने वातावरण पत्रकारलाई नभएको जानकारी गराउनुभयो ।

महासचिव उजिर मगरले यस वर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराउनुभयो । प्रभातफेरिमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस सेन्टर नेपालका पूर्वमहासचिव ओम शर्मालगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । उहाँका अनुसार पत्रकारमाथिको दुव्र्यवहारका १६, पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् ।

त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ । रासस
––––––


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.