आठ थान हतियार बुझाइयो

आठ थान हतियार बुझाइयो

झापा जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्म आठजनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन/तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ । प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.