महाअभियोगविरुद्ध अनेरास्ववियुको जुलुस
काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विरोधमा विद्यार्थी संगठनले बुधबार पट्टीसहित जुलुस गरेका छन । महाअभियोग फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै जुलुस प्रदर्शन गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भातृ संगठन अनेरास्ववियु महाअभियोग प्रस्तावविरुद्ध एक हप्तादेखि आन्दोलनमा उत्रिएको छ । त्यस्तै बुधबार बिहान अनेरास्ववियुले ‘जागौ जनता’ नारासहितको दौड जुलुस गरेको छ।
स्वतन्त्र न्यायपालिकामाथिको नाङ्गो हस्तक्षेप भन्दै अनेरास्ववियुले एक हप्तादेखि आन्दोलन थालेको हो । वैशाख १९ गते महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई अबिलम्ब प्रस्ताव फिर्ता लिन आग्रह गर्दै मोबाइल सन्देश समेत पठाइएको छ।
वैशाख २१ गते बिहान आरआर क्यापस अगाडि सडक अन्तरक्रिया गर्ने अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो ।