दलाई लामालाई चिनियाँ कम्युनिस्ट नेताको सहयोग

दलाई लामालाई चिनियाँ कम्युनिस्ट नेताको सहयोग

बेइजिङ : भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीकै केही उच्च नेताहरूले सहयोग गरिरहेको खुलासा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले पहिलोपटक सार्वजनिक रूपमै यस्तो खुलासा गरेको छ।

आफ्नै केही नेताहरूले ८१ वर्षीय दलाई लामालाई चन्दा दिएर आर्थिक सहयोग गरी पृथकतावादीसँगको युद्धलाई कमजोर बनाएको चिनियाँ कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ।

चीनको सरकारी ग्लोबल टाइम्सले प्रकाशन गरेको समाचारमा चीनका एक वरिष्ठ अधिकारीले १४ औं दलाई लामालाई चन्दा दिएर आफ्नै नेताहरूले बदमासी गरेको बताएका छन्। त्यस्ता नेताहरूले स्वतन्त्र तिब्बतको माग गर्दै आएका ‘पृथकतावादी’ दलाई लामालाई सहयोग गरेर चीनलाई कमजोर बनाउन खोजेको उनको कथन थियो। चीनको स्वशासित क्षेत्र तिब्बतका अनुशासन निरीक्षण विभागका प्रमुख वाङ योङजुनलाई उद्धृत गर्दै उक्त पत्रिकाले उललेख गरेको छ। देश विखण्डन र सरकारलाई कमजोर बनाउने शक्तिलाई सहयोग गर्नेलाई कारबाही गरिने उनको भनाइ छ।

ग्लोबल टाइम्सले सन् २०१६ को प्रतिवेदन उल्लेख गर्दै उक्त कुराको पुष्टि गरेको छ। यसैगरी सन् २०१४ मा कम्युनिस्ट पार्टीका १५ जना उच्च अधिकारीले पृथकतावादी संगठनसँग सम्बन्ध राखेको खुलासा भएको बताइएको छ। उनीहरूले दलाई लामा र उनका समर्थकहरूलाई गुप्तचर संस्थाका गोप्य जानकारी उपलब्ध गराएर ‘विखण्डनकारी तत्व’लाई सहयोग गरेको उनले बताएका छन्। पत्रिकाले ती १५ अधिकारीको नाम र पदको बारेमा जानकारी दिएको छैन। पहिलोपटक सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी निकट पत्रिकाले दलाई लामा र उच्च अधिकारीको सम्बन्ध रहेको स्पष्ट पारेको हो। दलाई लामा सन् १९५९ मा तिब्बतबाट भागेर भारतमा शरण लिन पुगेका थिए।

चीनले दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्दै आएका विद्रोहीलाई सहयोग गरी विखण्डनकारी भएको बताउँदै आएको छ। दलाई लामाले तिब्बतको सीमाक्षेत्र भारतको अरुणातलमा भ्रमण गर्न दिएको भनेर गत साता भारतप्रति असन्तुष्टि व्यक्त गरेको थियो। यस्ता कारबाही गर्न छुट दिएर भारतले एक चीन नीतिको पालना नगरेको उसको भनाइ थियो। यसैगरी गत नोभेम्बरमा दलाई लामालाई प्रवेश गर्न दिएको भन्दै मंगोलियामा नाकाबन्दी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.