अन्नपूर्णकर्मी महतोलाई शिक्षा पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी महतोलाई शिक्षा पत्रकारिता पुरस्कार

जलेश्वर : शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता २०७३ बाट अन्नपूर्ण पोष्टका महोत्तरी संवाददाता राजकरण महतो पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ महोत्तरीले २२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रभातफरीपछि पुरस्कार प्रदान गरिएको हो। शिक्षा क्षेत्रको विकासमा कलम चलाएर योगदान गरेको भन्दै महतोलाई पुरस्कार प्रदान गरेको हो।

उक्त पुरस्कारबाट महतोसहित चारजना संचारकर्मी सम्मानित भएका छन्। २०६९ सालको शिक्षाविद् रामइकवाल सिंह पत्रकारिता पुरस्कारबाट महोत्तरीका पत्रकार महेश कुमार दास (नागरिक), २०७० को सञ्जितकुमार मण्डल (रासस), २०७१ को अजयकुमार सिंह (जलेश्वर साप्ताहिक) र २०७२ को गोपाल झा (रेडियो जलेश्वर)लाई प्रदान गरिएको हो।

शिक्षाविद् सिंहका पुत्र लभराजा सिंहको प्रमुख आथित्य र पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रमले पाँच पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो।

सहयोग रकम विद्यालयलाई प्रदान गर्ने
उक्त कार्यक्रममा अन्नपूर्ण पोष्ट महोत्तरीका संवाददाता महतोले शिक्षा पत्रकारिता पुरस्कारको नगद पाँच हजार र अन्नपूर्ण पोष्टको १५ बार्षिककोत्सवको अवसरका वैशाख १८ गते पाएको प्रमोसन् अवार्डको नगद पाँच हजार मुसहर बस्तीका बालबालिका पढ्ने जनता माविलाई प्रदान गर्ने घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.