सिभिल बैंक र लक्ष्मी क्यापिटलबीच सम्झौता
काठमाडौं : सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकले जेठ ४ गते बोलाएको साधारणसभाबाट पारित बोनस सेयर तथा युनिक फाइनान्स लिमिटेड र हामा मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडलाई प्राप्तिपश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले जारी हुने हकप्रद सेयरको लागि लक्ष्मी क्यापिटललाई बिक्री÷निष्कासन प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको छ । हकप्रद र प्रक्षेपित बोनस सेयरबाट चुक्ता पुँजी पुर्याउने बैंकले जनाएको छ ।