ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ  : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गर्नुभएको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.