बजेटअगाडि नै चुनाव गर्न ओली र दाहालबीच छलफल
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेताबीच बजेट अघि नै दोस्रो चरणको निर्वाचनका लागि छलफल भएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा दोस्रो चरणको चुनाव सार्नेबारे छलफल भएपनि टुंगो लागेको छैन । एमालेले जेठ १५ गते अगावै दोस्रो चरणको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । भने सरकारले जेठ ३१ गते दोस्रो चरणको र वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गर्ने घोषणा गरेको छ ।