सशस्त्रका तीन डीआईजी एआईजीमा बढुवा

सशस्त्रका तीन डीआईजी एआईजीमा बढुवा

काठमाडौ : सरकारले सशस्त्र प्रहरी बलका तीन जना सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा वढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको वैठकले डीआईजीहरु पुष्पराम केसी,नारायणबावु थापा, रामशरण पौडेललाई एआईजीमा वढुवा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले गत चैत १८ गते बढुवाको सिफारिस गरेपनि लोकसेवा आयोग र सर्वोच्च अदालतमा वढुवा विरुद्ध मुद्दा परेपछि बढुवामा ढिलाइ भएको थियो । लोकसेवा आयोगले चैत ३१ गते र सर्वोच्च अदालतले वैशाख ६ गते वढुवालाई सदर गरेको थियो ।
वढुवाको सिफारिसप्रति असन्तुष्टी जनाउँदै सशस्त्रका डीआईजी उत्तम खडकाले लोकसेवा आयोग र सर्वोच्च अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गर्नु भएको थियो । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले मन्त्रिपरिषद वैठक वहिष्कार गरेपछि वढुवा सिफारिस मन्त्रिपरिषद वैठकमा पेश हुन सकेको थिएन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.