प्यासिफिक हस्पिटालिटीद्वारा रक्तदान कार्यक्रम
काठमाडौं : प्यासिफिक हस्पिटालिटी एन्ड कलिनरी एकेडमी, मैतीदेवी, सेतोपुलमा रक्तदान कार्यक्रम आयोजना भएको छ । उक्त अवसरमा ३३ जना व्यक्तिले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रमको अवसरमा ऐकेडमीका प्रबन्ध निर्देशक सुशील थापाले हस्पिटालिटी शिक्षा प्रदान गर्ने एकेडेमीले सर्टिफिकेट फोर इन् कमर्सियल कुकरीमा व्यावसायिक तथा रोजगारमूलक शिक्षाको अवसरमात्र दिएको छैन, रक्तदानजस्ता महान् सामाजिक कार्य पनि अघि बढाएको बताउनुभयो ।
कार्यक्रमको संयोजन एकेडेमीका मार्केटिङ म्यानेजर सचिनप्रताप केसीले गर्नुभएको थियो भने प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीका शिक्षक, कर्मचारी एवं विद्यार्थीसमेतले रक्तदान गरेका थिए ।