किमले गुमाइन् लाख फलोअर्स

किमले गुमाइन् लाख फलोअर्स

हलिउड रियालिटी स्टार किम कार्दासियनले सामाजिक सञ्जालमा इन्टाग्राममा एक लाख फलोअर्स गुुमाएकी छन् । किमका फ्यान रिसाएर उनलाई अनफलो गरेका हुुन् । बेलाबेलामा अचम्मको क्रियाकलापका कारण विवादास्पद बन्दै आएकी ३६ वर्षीया किमलाई कन्ट्रोभर्सी क्विनको रूपमा हेरिँदै आएको छ ।

शुुक्रबार एकैदिनमा उनले यति धेरै फ्यान गुुमाएकी हुुन् । उनीविरुद्ध फ्यान खनिनुुको कारण अश्लील र पूरै फोटोसपबाट मिलाइएको तस्बिर हो । उनले ती तस्बिरहरू हवाईमा लिएकी थिइन् । ती तस्बिरहरू केही पापाराजीले सार्वजनिक गरेका थिए । इन्टाग्राममा मात्रै एक लाख फ्यान गुुमाएको कुुरा डेली मेलले उल्लेख गरेको छ । डेली मेल भन्छ, ‘केही फ्यानले कमेन्ट लेख्दै भनेका छन् तिम्रो शरीर पुरै नक्कलीजस्तो देखिन्छ ।

’तर जे जस्तो भए पनि किम सबैभन्दा धेरै फलोअर्स भएकी पाँचौं सेलिब्रेटीमा पर्छिन् । उनको यो साइटमा ९८.७ मिलियन फ्यान छन्। र्‍यापर कान्वे वेस्टसँग विवाह गरेर पाँच वर्षको छोरो हुुर्काउँदै गरेकी उनको केही समय पहिला सम्बन्ध बिग्रन लागेको हल्ला चलेको थियो । केही महिना पहिलामात्रै पेरिसमा लुुटेराहरूद्वारा लुटिएको समाचारले उनी थप चर्चामा थिइन्।

तर उनका यी सबै हर्कतहरू पब्लिसिटीका लागि गरिएको आरोप पनि लाग्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.